कोहलपुरमा बसको ठक्करबाट खजुराका मल्ल र रोकाय गम्भीर घाईते


सेतोखरी सेतोखरी   बुधबार, असोज २३, २०८१
कोहलपुरमा बसको ठक्करबाट खजुराका मल्ल र रोकाय गम्भीर घाईते

नेपालगन्ज २३ असोज : बाँकेको कोहलपुरमा बसको ठक्करबाट मोटरसाइकल दुईजना गम्भीर घाइते भएकाछन् ।

कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुल अगाडी काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प  ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका वडा –२ घर भएका अन्दाजी २२ वर्षीय तेजविक्रम मल्ल र सोही मोटरसाकईलमा सवार खजुरा गाउँपालिका वडा नम्बर–२ घर भएकी अन्दाजी २१ वर्षीया मनिषा रोकाय गम्भीर घाइते भएका हुन् ।

बस चालक बर्दियाको गेरुवा गाउँपालिका–३५ घर भएका गङ्गाराम थारुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा पक्राउ गरि राखिएकोछ । घाईते दुबैजनाको अवस्था गम्भीर रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबार विहान अन्दाजी साढे ९ बजे भएको उक्त दुर्घटनाका प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।