शान्ति सैनिक केन्द्रमाथि इजरायली आक्रमणको नेपालद्वारा निन्दा


सेतोखरी सेतोखरी   मंगलबार, असोज २९, २०८१
शान्ति सैनिक केन्द्रमाथि इजरायली आक्रमणको नेपालद्वारा निन्दा

नेपालगन्ज २९ असोज : नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ ।

परराष्ट्र मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल एक्समा एक पत्र लेख्दै आक्रमणको निन्दा गरेको छ । साथै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयले इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि गरेको आक्रमण तत्काल रोकिनुपर्ने घटनाको उचित छानबिन हुनुपर्ने माग गरेको हो । यसमा नेपालसहित ३४ राष्ट्रले हस्ताक्षर गरेका छन् ।

यसअघि युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमवार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलाको निन्दा गरेका थिए ।