प्रगतिशील समुहद्वारा निर्वाचन शिक्षा प्रदान गर्न ‘टास्क फोर्स’ परिचालन


सेतोखरी सेतोखरी   मंगलबार, असोज २९, २०८१
प्रगतिशील समुहद्वारा निर्वाचन शिक्षा प्रदान गर्न ‘टास्क फोर्स’ परिचालन

कोहलपुर २९ असोज : बाँकेको कोहलपुरमा कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन लक्षित प्रगतिशील समुहले मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले पाँच समुहमा आफ्नो टास्क फोर्स समुहलाई परिचालन गरेको छ । 

यो पनि पढ्नुहोस्  उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरूको उत्साहः योग्य उम्मेदवार चयनको प्रतिबद्धता

सचिवालयमा आउने गुनासाहरूलाई सम्बोधन गर्न सचिवालयलाई समेत थप एक्टिभ गराएको प्रगतिशील समुहले क्विक रेस्पोन्स गर्न टास्क फोर्स परिचालन गरेको निर्वाचन प्रचार प्रसार समितका संयोजक कुस्माखर बस्यालले बताए ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग बाणिज्य संघको चुनावः लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रभाव र चुनौतीहरू

Kanti Aarogya Hospital Nepalgunj

उनले पदाधिकारीहरूका उम्मेदवारहरूको नेतृत्वमा टास्क फोर्स परिचालन गरिएको जनाउदै जति सक्दो चाँडो स्थानीय वडा कमिटीका पदाधिकारीहरूको सुचना लाई आधार मानि पैदल, गाडी वा लाइकमा जुन आवश्यक हुन्छ उक्त साधनको प्रयोग गर्दै मतदाताहरूको मतदान प्रक्रियाबारे शिक्षा प्रदान गर्ने रणनिति लिएको हो ।

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्व लोकतान्त्रिक समुहले प्रचारप्रसारमा बढायो तीव्रता

अब घर–घर गएर सम्भव नहुने भन्दै अध्यक्ष पदका उम्मेदवार अञ्जना धितालले पार्टीका वडा कमिटीलाई चलायमान गराई टोल कमिटीको आवश्यकता अनुसार आफूहरूले क्विक रेस्पोन्स गर्नेगरी वैज्ञानिक रणनिति अख्तियार गरेको बताइन । 

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

उनले निर्वाचनको समय नजिकिँदै गएपछि ७ सय बढि महिला मतदाताहरू रहेको कोहलपुर उद्योग वाणिज्य सङ्घको प्रकाशित नामावली अध्ययन गरेर महिलाहरूको टिम समेत भोलिबाट परिचालन गर्नेगरी आफ्नो नेतृत्वमा प्रचार समिति युद्धस्तरमै लागेको दावी गरेकी छिन ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार भुपेन्द्र प्रसाद काफ्लेले आफू कहाँ र कसलाई भेट्न जाने भन्ने सूचना नदिई हिँडनु पर्ने समय आएकाले आफ्ना सर्मथन भन्दा पनि विपक्षी सर्मथकहरुको सूची लिई गुप्त भेटघाटमा व्यस्त रहेको भन्दै युवाहरूको काँधमा जिम्मेवारी वहन गर्न सक्ने आफूसँग योग्यता र क्षमता भएको भन्दै अहिले सम्म विवाद रहित रुपमा कोहलपुर उद्योग वाणिज्य सङ्घमा अघिल्लो कार्यकाल सफलतापूर्वक भूमिका निर्वाह गरेका कारण पनि आफ्नो विजय सुनिश्चित भएको तर, विपक्षीहरूलाई कम्जोर नठान्ने निती रहेकाले ढुक्क हुन पनि पटक पटक मतदातामाझ आफू पुगिरहेको बताए ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

निर्वाचित लक्षित प्रगतिशील समुहको सचिवालयले समेत विभिन्न रणनिति बनाउदै प्रचार प्रसार समितिलाई निर्देशन दिइदै आएको भन्दै सचिवालयका हेम कुमार रावतले आवश्यक परे सचिवालयको सिंगो टिम छलफल भेटघाट तथा वार्ताका माध्यमहरुमा समेत सहभागिता जनाईरहेको वताएका छन । 

यो पनि पढ्नुहोस् नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी

चुनाव प्रचार प्रसार भन्दा पनि अव मतदाताहरुले खसालेको मत वदर हुन नदिने रणनिति आफुहरुको रहेको भन्दै प्रचार प्रसार समितका सह संयोजक एम डि कंडेलले स्वतन्त्र, न्याय चहाने व्यवसायीहरुसंगको भेटले उत्साह थपेको मात्र नभई जीतको नजिक पुगेको बताए ।