विजय कुमार र बाँकेका धनबहादुरको भेट


सेतोखरी सेतोखरी   बुधबार, असोज ३०, २०८१
विजय कुमार र बाँकेका धनबहादुरको भेट

नेपालगन्ज ३० असोज : ३ दिन अघिको कुरा हो । धन बहादुर पुन मेरो छेउको सिटमा थिए । पहिला ७ वर्ष कतार बसेका । त्यसपछी मलेसिया ७ वर्ष बसेर बिरामी भएपछि नेपाल फर्कदै । उनको टाउको असह्य घुमाउँछ, भन्नाउँछ रे । मलेसियाको डाक्टरले अपरेसन गराउन पर्छ भनेको छ रे । त्यसैले भेरी अस्पतालमा देखाउन जान लागेका । 

कतार बसेर कमाएको पैसाले सानो घर कोहलपुरमा बनाएर सुर्खेतबाट झरेका हुन उनी । ४१ वर्षको उमेरमै उनी बाजे भैसके ।

उनले मलाई सोधे – ‘तपाई को हो ? के काम गर्नु हुन्छ ?’

‘कोही पनि होइन । खासै केही पनि गर्दिन् ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले त्योभन्दा बढी चासो ममा राखेनन् ।

‘काठमाण्डौबाट आजै नाइट बस समातेर कोहलपुर जान पाए हुन्थ्यो ।’

‘भ्याइन्छ होला । भेरी अस्पताल नै किन जाने ?’

‘त्यहाँ खर्च कम लाग्छ । एक पल्ट त्यहाँ मेरो आफन्तलाई निको पारेको थियो । भेनाको अलिकति चिनजान पनि छ । त्यहाँ भएन भने अन्त जान्छु होला । मेडिकल कलेजतिर वा इन्डिया ।’

धन बहादुरलाई रुघा लागेको थियो । बेलाबखत हाछ्यु गर्थे । मलाई सर्छ कि भन्ने डर लाग्यो एकै छिन् । पछी आफैसित लाज लाग्यो । छेउको मान्छेलाई यत्रो रोग छ । मलाई रुघाको चिन्ता ।

जहाज काठमाण्डौ लैण्ड गर्न अघि मैले पर्स खोलेर सानो सहयोग जबरजस्ती उनको हातमा राखे । उनी छक्क परे । बोलेनन् केही । मलाई एक नजर हेरे । उनको हेराईमा स्नेह थियो । केही छिनमा बिमान काठमाण्डौ लैण्ड भयो । त्यसपछी उनीसंग भेट भएन..

यो पोस्टिङ भेरी अस्पतालका कसैले पढे, धन बहादुर पुनलाई देखे, सहयोग गरी दिनु है । तपाईको गुन हुनेछ धन बहादुर पुन माथी । ममाथी पनि ...

bijaykumar_status-1729060216.jpg