कोहलपुरमा १३ वर्षीया किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार, पाँच जना पक्राउ


सेतोखरी सेतोखरी   बिहीबार, कात्तिक १, २०८१
कोहलपुरमा १३ वर्षीया किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार, पाँच जना पक्राउ

नेपालगन्ज १ कार्तिक : बाँकेको कोहलपुरमा एक किशोरीलाई दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना  पक्राउ परेकाछन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ती अन्दाजी १३ वर्षीया किशोरीलाई बैजनाथ गाउँपालिकाका तीन किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ। 
पक्राउ परेका ती पाँच जनाले कोहलपुर नगरपालिका वडा नम्बर–११ सुर्खेत रोडस्थित एक होटलमा असोज २७ र २८ गते दुई दिनसम्म सामुहिक बलात्कार गरेका हुन् । 

दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–१ करेलीका निशान रोकाया, सोही ठेगाना भएका डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्की र जीवन रोकायालाई पक्राउ गरेको हो ।

किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक आयूशप्रसाद जोशीका अनुसार किशोरीलाई बलात्कार गरेको अरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए ।

सामुहिक बलात्कारमा परेकी किशोरीको अन्दाजी उमेर १३ वर्ष रहेको छ । प्रहरीका अनुसार जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान अघि बढाइएकोछ ।