मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई 


सेतोखरी सेतोखरी   बिहीबार, कात्तिक १, २०८१
मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई 

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उमेद्वार हुन प्रदीप भट्टराई । व्यवसायी मात्र नभएर उनको परिचय सर्जक, शैक्षिक अभियन्ता र समाजसेवीको रुपमा सुपरिचित छन् ।

होटल व्यवस्थापनमा स्नातक गरेका उनी कोहलपुरको उद्योग व्यवसायमा जोडिदैँ कोहलपुर एफएम र पीपलबोट दैनिकको सञ्चालनमा प्रत्यक्ष संलग्न हुँदै सञ्चार उद्यमीको रुपमा समेत परिचित छन् ।

यो पनि पढ्नुहोस् उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरूको उत्साहः योग्य उम्मेदवार चयनको प्रतिबद्धता

होटल पप लाइफबाट व्यवसायिक यात्रा शुरुवात गरेका भट्टराईले हाल होटल पप लाइफ कोहलपुर, पप लाइफ डिजिटल (नेपालगञ्ज) लगाएत इलेक्ट्रोनिक्स र पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरु सञ्चालन गरिरहेका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

हाल कोहलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष, एशियन विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार, लायन्स क्लबका सदस्य रहेका छन् ।

उद्योग वाणिज्य संघ कोहलपुरमा उनको संलग्नता २०७२ मा कार्यसमिति सदस्य, २०७५ मा उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षको रुपमा रहेकोले उनले एक शसक्त, अनुभवी, परिपक्व अध्यक्षको प्रत्याशीको रुपमा आपूmलाई प्रस्तुत गरेका छन् । 

यो पनि पढ्नुहोस् कोहलपुर उद्योग बाणिज्य संघको चुनावः लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रभाव र चुनौतीहरू

सामाजिक सेवाका क्षेत्रमा संलग्न हुँदै आएका उनले कोभिड महामारीको समयमा कोभिड खाद्य बैंक स्थापना गरी कोहलपुर नगरक्षेत्रका सम्पूर्ण वडाहरुमा रहेका अति विपन्न परिवार तथा आम नागरीकहरुलाई राहत प्रदान गर्ने गतिविधीहरुमा संलग्न हुँदै साहित्यिक क्षेत्रमा पनि ‘शौचालयमा ईश्वर’ गजल संग्रह र ‘विरुद्वमा’ कविता संग्रह प्रकाशन गरेका छन् । 

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्व लोकतान्त्रिक समुहले प्रचारप्रसारमा बढायो तीव्रता

यही कार्तिक ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका र करिब २ दशकदेखि व्यवसायिक रुपमा सक्रिय भट्टराईसंग कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका सन्र्दभमा गरिएको कुराकानीको संपादित अंश : 

तपाईँको अध्यक्ष  पदमा उम्मेदवारी किन ?

–कोहलपुर उद्योग वाणिज्य सङ्घको यही कार्तिक ३ गते हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहबाट मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । 

म यस कोहलपुर उद्योग वाणिज्य सङ्घको बिभिन्न पदमा रहेर काम गरेको र हालको बरिष्ठ उपाध्यक्ष हुनुका नाताले अध्यक्ष पदमा निर्वाचित भएर  कोहलपुरका व्यवसायीका क्षेत्रको नेतृत्व गर्ने चाहना छ । म आफू लगायतका अन्य पदाधिकारी र सदस्यहरू संघमा रहेर कोहलपुरको व्यवसयीक क्षेत्रलाई माथि उठाउने सोँच छ । त्यही भएर पनि हामीले लोकतान्त्रिक समावेशी व्यवसायी समुह बनाएर चुनावी मैदानमा होमिएका छौँ । 

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

विगतदेखी सङ्घको बिभिन्न तहको नेतृत्वमा रहेपनि अध्यक्ष भएर व्यवसायीका समस्या समाधान गर्ने कोहलपुरको उद्योग व्यवसायको क्षेत्रलाई माथि उठाउने चाहना छ । व्यवसायीको हितका लागी जन्मिएको संस्था भएकाले व्यवसायीका हित अनुकुल सञ्चालन गर्न मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । 

तपाईँको टिमको व्यवसायीका एजेण्डा के–के हुन् ?

–खुला सीमाना र भारतीय सीमा बजारका कारण पिल्सिएका कोहलपुर बजारका व्यवसायीको हितका लागि उपभोक्ता शिक्षा मार्फत स्वदेश बस्तु र उत्पादन प्रबर्द्धन गर्ने, स्वदेशमै बस्तु तथा सेवा खरिद गर्न सचेतना जगाउने, बन्द भएका व्यवसायलाई पुनः सञ्चालनको वातावरण बनाउने, विषय गत जस्तै अटो, कृषि, मासु बजारलाई व्यवस्थित बजारको रुपमा सञ्चालनको पहल गर्ने, कर शिक्षा बारे वाणिज्य सङ्घले नियमित हेल्प डेस्क चलाउने, कोरोना कहरका कारण धराशायी भएको सबैखाले व्यवसायलाई संरक्षण र प्रबर्द्धन गर्ने, घरबेटी र व्यवसायीबिच देखिने घरबहाल समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने, फुटपाथमा व्यवसाय गर्ने साना व्यवसायीलाई उचित स्थानमा बजार व्यवस्थापन गर्ने, बैजनाथ निर्माण हुन लागेको औंद्योगिक क्षेत्र छिटो निर्माणका लागी पहल गर्ने र कोहलपुर क्षेत्रमा एक औंद्योगिक क्षेत्र र बिभिन्न उद्योग स्थापना र सञ्चालनमा प्रोत्साहन गर्ने, समग्र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने गरि यस क्षेत्रमा रहेका साना लघु उद्यम तथा ठूला उद्योगहरूको विकास, बिस्तार र संरक्षण गर्दै नयाँ उद्योग स्थापनामा जोड दिने र सोका लागि आवश्यक पहल गर्ने र कोहलपुरलाई औद्योगिक ग्रामको रुपमा विकास गर्दै लघु तथा घरेलु उद्योग क्षेत्रका रुपमा विकास गर्ने योजना छ । 

यो पनि पढ्नुहोस्  लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

कोहलपुर १२ को चपरगौढी बजारलाई रात्रिकालीन बजारका रुपमा विकास गर्ने सोँच छ । बाँके राष्ट्रिय निकुञ्जलाई कोहलपुरको पर्यटनको विकाससँग जड्दै यस क्षेत्रका होटल व्यवसायलाई टेवा पुर्याउने सोँच बनाएको छु । समग्रमा कृषि उद्योग, पर्यटन उद्योग, घरेलु तथा लघु उद्यमको विकास गदै कोहलपुरलाई एक औद्योगिक मैत्री क्षेत्रको विकास गर्ने सोँच छ । 

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

हालको कार्यसमितिले एक बहुआयामिक सङ्घको भवन निर्माण गरेको छ, त्यसमा व्यवसायिक हितका लागी नियमित गोष्टि र सेमिनारहरू आयोजन गर्ने । वस्तुगत संघको कार्यालयहरू पनि सोही भवनबाट सञ्चालन गर्ने गराउने छौँ । हामी व्यवसायीका हितका लागि सबै वस्तुगत सङ्घको भावना अनुरूप नेतृत्व गर्ने छौ ।

खास गरि कोहलपुर उद्योग वाणिज्य सङ्घको सुदृढीकरणमा तपाईँको योजना के छ ?

–पछिल्लो समय व्यवसायीले सङ्घको सदस्यता नवीकरणमा चासो नदिने गरेको पाइएको छ । हामीले संस्थालाई व्यवसायी हित अनुकुलको बनाएर व्यवसाय सुरु गर्ने बित्तिकै सङ्घको सदस्य बन्ने र हरेक आर्थिक वर्षको अत्यमा नवीकरण गर्ने वातावरण हाम्रो कार्यकालबाट सुरु गर्ने गराउने प्रतिबद्धता गर्दछु । सङ्घ व्यवसायीको भावना विपरीत जादैन भन्ने कुरामा हामी प्रतिबद्ध छौ । निर्वाचनका बेला बिभिन्न खाले प्रतिबद्धता गर्ने र नेतृत्वमा पुगेपछि व्यवसायीको भावना बिसर्ने गरेको गुनासो  व्यवसयीक छ । त्यो गुनासो मेरो नेतृत्वका समयमा कुनै पनि हालतमा आउन दिदैनौ । मूल नेतृत्वको हिसाबले मैले सो कुराको प्रतिबद्धता व्यक्त गर्दछु । 

तपाई बरिष्ठ उपाध्यक्ष रहि सक्नु भएको छ । तपाईँको कार्यकालका महत्वपुर्ण काम के–के हुन् ?  

–सङ्घको नेतृत्व गर्नका लागि त्यस सङ्घको मर्म र भावना राम्रोसँग बुझेको हुनुपर्छ । त्यस मानेमा म अब्बल छु । हामीले कोरोना महामारिका कारण प्रर्याप्त काम गर्न पाएनौ । हामीले विगतदेखी निर्माणको पहल हुदैँ आएको सङ्घको अत्याधुनिक भवन निर्माण गरेका छौँ । 

यो पनि पढ्नुहोस् नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी

बैंक तथा बित्तिय संस्थाको ज्याजती बिरुद्ध कोहलपुरबाटै आन्दोलनको सुरुवात गरेर सकारात्मक पहल गरेका थियौं । कारोना महामारीको समस्यामा परेका व्यवसायीलाई संघकोतर्फबाट सक्दो मलमपट्टी लगाउने काम भयो । घरभाडामा देखिएका समस्या समाधानका लागी पहल लिने लगायतका केही राम्रा कामहरु भएका छन् । कोहलपुर ८ मा एक औधोगीक ग्राम निर्माण गर्ने पहल समेत अगाडी बढाएका छौँ । 

अन्त्यमा केही भन्नु छ ?

–सङ्घ स्थपना गर्ने संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, यसलाई  महासंघमा आवद्ध गराउन नेतृत्वदायी भूमिका खेल्ने नरेन्द्रप्रसाद शर्मा लगायत पुर्व अध्यक्षहरुको योगदान उच्च सम्मान समेत व्यक्त गर्न चाहन्छु । पुर्व अध्यक्षहरु चिन्तामणी धिताल, राजेन्द्र श्रेष्ठ, चक्र अधिकारी र हालका अध्यक्ष लक्ष्मणराज पौडेलको संस्थालाई माथि उठाउन बिगतदेखी हालसम्म अतुलनीय योगदान छ । संघका सस्थापक सदस्यहरू लगायत सम्पुर्णमा उच्च सम्मान छ । बिगतमा बिभिन्न तहको  नेतृत्व गरेकाहरुको सल्लाह सुझाव र साथ लिएर म र मेरो टिम अगाडी बढ्ने छ । कोहलपुर वाणिज्य सङ्घको अध्यक्ष पदका लागी म भन्दा राम्रो पात्र अरु हुनै सक्दैन । यस अर्थमा सम्पूर्ण व्यवसयाीले म र मलाई काम गर्न सहज हुने हिसाबले मैले नेतृत्व गरेको व्यवसायिक समुहका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुनेछ भन्ने आसा र विस्वास छ ।  

हामी कोहलपुरलाई औद्योेगिक ग्रामका रुपमा विकास गर्न, व्यवसायीक सुरक्षा र संरक्षण हुने स्थलको रुपमा विकास गर्न र समाजिक उत्तर दायित्व सहितको व्यवसायी क्षेत्र निर्माण गर्ने अभियानमा छौं । उद्योग वाणिज्य क्षेत्र मात्रै होईन समाजिक क्षेत्रमा म र मेरो समुह उत्तिकै सक्रिय क्रियासील छ । तसर्थ अथमा हामी व्यवसयाीक क्षेत्र र समाजिक क्षेत्रका उत्रिकै क्रियासील रहनेछौं । 

यो पनि पढ्नुहोस् कोहलपुरका व्यवसायी भन्छन्– ‘यसपटकको भोट महिला नेतृत्वलाई’

कोहलपुर उद्योग वाणिज्य सङ्घलाई व्यवसायी मैत्री बनाउका लागि प्रजातान्त्रिक समुह बनाएर चुनावी मैदानमा छांै । दुई प्यानल बनाएर चुनावमा होमिएको भएपनि निर्वाचित भई सकेपछि सम्पूर्ण व्यवसायीको भावना र मर्म अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सबै खाले व्यवसायमा आवद्ध व्यवसायीको यस टिमलाई अमुल्य मत दिएर अत्याधिक मतका साथ विजयी गराउनु हुनेछ भन्ने अपेक्षा छ । खास गरी कोहलपुरको उद्योग र व्यवसाय क्षेत्रको सम्र्बद्धन र प्रबर्द्धन गर्नका लागि हाम्रो टिमको जित अनिवार्य छ । यस पटक हामी साँच्चै केहि फरक गर्ने सोँचका साथ चुनावी मैदानमा छौँ । तपाईँको अमुल्य मतको खाँचो छ । हामी कोहलपुर उद्योग वाणिज्य सङ्घलाई बास्तवमै व्यवसायी मैत्री बनाएरै छाड्ने छौँ ।