पहिलो पटक महिला नेतृत्वको संघ बनाउने अवसर छ : धिताल


सेतोखरी सेतोखरी   बिहीबार, कात्तिक १, २०८१
पहिलो पटक महिला नेतृत्वको संघ बनाउने अवसर छ : धिताल

अञ्जना धिताल आसन्न कोहलपुर उद्योग वाणिज्य संघका प्रगतिशिल व्यवसायी समूहबाट अध्यक्ष पदमा उमेदवार छिन् । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन पहिलेपटक महिला अध्यक्ष पदमा उमेदवार भएकी धिताल बाणिज्य महासंघ कोहलपुर नगरकमिटी उपाध्यक्ष हुदँै २०७४ देखि २०७७ सम्म कोहलपुर उद्योग वाणिज्य संघको सदस्य पदमा रही काम गरिसकेकीछन् । ईलेक्ट्रिकल सबओभरसियरसम्मको अध्ययन सकेपछि उनले विस २०५५ सालदेखि व्यवसाय शुरु गरिन् ।  २०५५ सालदेखि कोहलपुरमा ‘गुरु ट्रेडर्स एण्ड सप्लायर्स’ नामक हार्डवेयर पसल सञ्चालन गर्दै आएकी धितालले व्यवसायीका समस्याहरू नजिकबाट अनुभव गर्दै आएकी छन् ।

यो पनि पढ्नुहोस् मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई

यही कार्तिक ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेकी धितालसंग कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका सन्र्दभमा गरिएको कुराकानीको संपादित अंश ः 

तपाईंको यो उम्मेदवारी किन  ?

Kanti Aarogya Hospital Nepalgunj

–कोहलपुर उद्योग बाणिज्य संघ व्यसायिक हितका लागी स्थपना भएको संस्था हो । तर पछिल्लो समय कोहलपुर उद्योग बाणिज्य संघको सदस्य बन्ने र नियमित नबिकरण गर्ने व्यवसायीको संख्या समेत घट्दै गएका छन् । संघ मेरो लागी हो भन्ने भावना समेत व्यवसायीमा हराउँदै गएको छ । संघ कोहलपुर क्षेत्रको उद्योग तथा व्यसयाको संरक्षण र प्रर्बदनका गर्ने एक मात्र संस्था हो भन्ने भावना विकास गराउन मैले उम्मेदवारी दिएकी हुँ । 

यो पनि पढ्नुहोस् प्रगतिशील समुहद्वारा निर्वाचन शिक्षा प्रदान गर्न ‘टास्क फोर्स’ परिचालन

तपाईंले चुनाव जित्ने आधारहरू के हुन् ? 

–हामी यसपटक मेरो नेतृत्वमा प्रगतिशील व्यसायी समुह बनाएर चुनावमा होमिएका छौँ । लामो समयको व्यवसायीक अनुभाव भएका बिभिन्न क्षेत्रमा हामीले गरेको नेतृत्वको अनुभव र कोहलपुर बाणिज्य संघको इतिहासमै पहिलोपटक एक जना महिलाको नेतृत्वको टिम खडा भएको हिसाबले हामी जितको नजिक छौँ । 

संघको २५ वर्षको इतिहासमा अहिलेसम्म नेतृत्वका लागि महिलाले उम्मेदवारी नै दिएका थिएनन । धेरै भन्दा धेरै महिला दिदीबहिनी मतदाता रहेको संघमा अहिलेसम्म महिलालाई नेतृत्व बनाईएन । त्यो अवस्थालाई चिर्नका लागि मेरो नेतृत्वमा समूह तयार भएको छ ।

यो पनि पढ्नुहोस्  उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरूको उत्साहः योग्य उम्मेदवार चयनको प्रतिबद्धता

यो यस क्षेत्रका उद्योगी व्यापारीहरूका लागि पनि गौरवको कुरा हो । अर्कोतिर संघ र वर्तमान नेतृत्वले गरेका काम कारबाहीबाट यस क्षेत्रका उद्योगी व्यापारी साथीहरू असन्तुष्ट हुनुहुन्छ । 

विगतमा संघमा ३४ सयभन्दा बढी सदस्य बनाइएको थियो । चुनावमा मतदान गर्नका लागी मात्रै सदस्यता वितरण गरिएको थियो । त्यस्ता सदस्यताहरू कटौती गर्दै अहिले हामीले १७ सय हाराहारीमा सदस्य सङ्ख्या झारेका छौँ । अहिले यहाँका विशुद्ध व्यापारी मात्र सदस्य हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

यी सबै कुराको विश्लेषण गर्दा मेरो जीत सुनिश्चित छ भन्ने मलाई लाग्छ । फेरि अर्कोतिर म विगत २५ वर्षदेखि यहीँ सामाजिक, राजनीतिक र आर्थिक गतिविधि गर्दै आएकी व्यक्ति हुँ । मैले अहिलेसम्म कुनै व्यक्ति र समाजको अहित हुने काम गरेकी छैन । आफ्नो आर्थिक, सामाजिक वा राजनीतिक जीवनमा दाग लाग्ने कुनै काम गरेकी छैन । त्यसैले पनि यसपटक यहाँका व्यापारी साथीहरूले मलाईं छान्नुहुन्छ भन्ने कुरामा म ढुुक्क छु ।

व्यवसायीक हितका लागी तपाईंका योजना के छन् ?

–मुलुक नै यतिबेला आर्थिक मन्दीको चपेटामा छ । अब योभन्दा तल जाने ठाउँ नै छैन । म व्यापारीको नेता भएका कारण मलाई यसको राम्रो अनुभव छ ।
विगत दुई वर्षयता व्यापार निकै खस्केको छ । तर, स्थानीय स्तरमा हामीले पहल गरेर हुनेखालका सुधार गर्न म सधैँ तत्पर रहनेछु । सम्भव भएसम्म स्थानीय बजारबाटै खरिद र बिक्री गरिनुपर्छ भन्ने मेरो मान्यता छ ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

तपाईंको नजरमा अहिले यस क्षेत्रका व्यापारीले भोग्नुपरेका प्रमुख समस्याहरू के हुन् ?

–अहिले व्यापारीहरूको प्रमुख समस्या भनेको चर्को बैंक ब्याज नै हो । साथीहरूले पहिले एउटा ब्याजदरमा बैंक लोन गर्नुभयो पछि त्यो बढेर निकै माथि पुग्यो । कोभिडपछि देश यसरी आर्थिक चपेटामा प¥यो कि हामीले त्यसको अनुमान नै गर्न सकेनौँ ।

अर्कोतिर खुला सीमाना यहाँको प्रमुख चुनौतीको रूपमा देखिएको छ । खुला सीमा नाकाले यहाँको बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । यी कुरा नियन्त्रण गर्न हामी एक्लैले सम्भव छैन । त्यसैले राज्य तहबाटै यो समस्याको पहलकदमी लिइनुपर्छ । स्थानीय छिमेकी बाणिज्य संघहरू र स्थानीय सरकारहरूसँग समन्वय गरेर नाकालाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसमा गम्भीर छलफल चलाउन सकिन्छ । 

यो पनि पढ्नुहोस् नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी

अर्कोतिर सीमापारिबाट ल्याइने खाद्यलगायतका सामग्रीहरू कति स्वस्थकर र गुणस्तरीय छन् भनेर हामीले उपभोक्तालाई पनि बुझाउन जरुरी छ । भारतले नेपालका लागि भनेर छुट्टै विषादीयुक्त खाद्य सामग्री र गुणस्तरहीन सामान पठाउने गरेका कैयौँ उदाहरण छन् । यसबारे हामी सबै सचेत हुनु जरुरी छ । 

कतिपय साना व्यवसायी पलायन हुने अवस्थामा हुनुहुन्छ, उहाँका समस्या कसरी हल गर्न सकिन्छ भनेर पनि गम्भीर हुन जरुरी छ । साथै व्यापार मेलाको नाममा स्थानीय व्यवसयी मर्कामा पार्ने काम भऐको छ । संघका १÷२ जना पदाधिकारीलाई लाभ गराउनैका लागि यस्ता व्यापार मेला आवश्यक छ छैन, यसमा पनि गम्भीर हुन आवश्यक छ ।