नेपालगन्ज १ कार्तिक : प्रदीप भटराईले नेतृत्व गरेको लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई विजयी बनाउन पाँच राजनीतिक दलसहित संघका पूर्व पदाधिकारीहरुले संयुक्त रुपमा अपील गरेका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्तिक ३ गते शनिबार हुदैँछ । संघको निर्वाचनको पूर्वसन्ध्यामा भट्टराई नेतृत्व लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई विजयी बनाउन पाँच राजनीतिक दलसहित संघका पूर्व पदाधिकारीहरुले संयुक्त रुपमा अपील गरेका हुन् ।
नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहित संघका पूर्व अध्यक्ष चिन्तामणी धिताल, निवर्तमान अध्यक्ष चक्रबहादुर अधिकारी एवम् निवर्तमान महासचिव तेजप्रसाद अधिकारीले संयुक्त रुपमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन अपील गरेका हुन् ।
‘कोहलपुर नगर क्षेत्रमा रहनुभएका उद्योगी–व्यवसायी दाजु–भाई, दिदी वहिनी, समाजसेवी, बुद्विजिवी तथा प्रबुद्व व्यक्तिहरु, यही कार्तिक ३ गते हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहका सम्पूर्ण उमेद्वारहरुलाई अत्यधिक मतका साथ विजयी गराउनहुन हार्दिक अपिल गर्दछौँ ।’ संयुक्त रुपमा हस्ताक्षरित अपिलमा भनिएको छ ।
यसैगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदीप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चण्डीप्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिशरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेँल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् ।