कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनः मौन अवधि सुरु, दुबै समुहको जितको दावि 


सेतोखरी सेतोखरी   १८ घण्टा अगाडि
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनः मौन अवधि सुरु, दुबै समुहको जितको दावि 

नेपालगन्ज १ कार्तिक : कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको मौन अवधि सुरु भएको छ । बिहीवार रातिदेखि सुरु भएको मौन अवधिमा उम्मेदवारहरूलाई प्रचार–प्रसार गर्न रोक लगाइएको निर्वाचन अधिकृत जयकृष्ण न्यौपानेले जानकारी दिए । 

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

दुई वटा समुह बनाएर निर्वाचनमा होमिएका कोहलपुरका व्यवसायीहरूले बिहीवार कोहलपुरमा अन्तिम शक्ति प्रदर्शन गरेका छन् । 

यो पनि पढ्नुहोस् लोकतान्त्रिक समूहलाई विजयी बनाउन ५ राजनीतिक दल सहित पूर्व पदाधिकारीद्वारा संयुक्त अपील

Kanti Aarogya Hospital Nepalgunj

चुनावमा लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराईले गरेका छन् भने प्रगतिशील व्यवसायी समुहको नेतृत्व अञ्जना धितालले गरेकी छन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा राजनैतिक दलहरू पनि दुई धु्रबमा विभाजित छन् । 

यो पनि पढ्नुहोस् मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई

आज भन्दा २७ वर्षअघि २०५५ सालमा कर्णबहादुर थापा नेतृत्वमा कोहलपुर उद्योग व्यापार संघ गठन गरिएको थियो । 

यो पनि पढ्नुहोस् उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरूको उत्साहः योग्य उम्मेदवार चयनको प्रतिबद्धता

कर्णबहादुर थापा, विष्णुप्रसाद खनाल, शेषकान्त शर्मा, गोपाल लम्साल, रामचन्द्र मरासैनी, कृष्ण नर्गर्की, सुवास बिष्ट, गणेश कोइराला, रामकृष्ण उप्रेती संस्थापक सदस्य रहेको संघ गठन गरिएको थियो । 

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्व लोकतान्त्रिक समुहले प्रचारप्रसारमा बढायो तीव्रता

यसको पुर्व अध्यक्षहरुमा कर्णबहादुर थापा, राजेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, नरेन्द्रप्रसाद शर्मा, चक्र अधिकारी र हाल लक्ष्मणराज पौडेल अध्यक्ष रहेका छन् । नरेन्द्र प्रसाद शर्मा अध्यक्ष भएको समयमा कोहलपुर उद्योग व्यापार संघलाई महासङ्घमा अबद्ध गराएर कोहलपुर उद्योग वाणिज्य सङ्घ बनाइएको थियो ।

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

दुबै समुहको जितको दावि

विगतमा प्रजातान्त्रिक समुहले विजय हाँसिल गरेको, हाल समितिले भवन निर्माण लगायतका महत्वपूर्ण काम गरेको, कोरोना महामारीमा ब्याज छुटका लागी कोहलपुरबाट आन्दोलनका सुरुवात गरेको, घरभाडा छुटका लागी समन्वय लगायत व्यवसयीक हितका लागी महत्वपूर्ण कामहरू गरेकाले आफूहरूको जित सुनिश्चित रहेको लोकतान्त्रीक व्यवसायी समुहका अध्यक्षका उम्मेदवार प्रदीप भट्टराईको दाबी छ । उनले व्यवसायिक हितका लागी थप क्रियाशिल रहने प्रतिबद्धता जनाए । 

यो पनि पढ्नुहोस्  लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र

अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार अञ्जता धिताल पनि महिला हुनुका नाताले आफू विजयी हुनेमा ढुक्क छिन् । उनले आफू विजय भएर कोहलपुर उद्योग वाणिज्य सङ्घको ईतिहासमा नयाँ रेकर्ड कायम गर्ने बताइन् । उनले  विजयी भएपछि सम्पुर्ण व्यवसायीसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाईन । 

यो पनि पढ्नुहोस् नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा