कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि भट्टराई र धितालबीच रस्साकस्सी


विजय मल्ल विजय मल्ल   २ घण्टा अगाडि
कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि भट्टराई र धितालबीच रस्साकस्सी

नेपालगन्ज २ कार्तिक : कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार विहान मतदात हुँदैछ । निर्वाचन आचारसंहिता लागु भएकाले मौन अवधिमा नेतृत्वका लागि उम्मेदवारले गोप्यमा मतदाता फकाइरहेकाछन् ।

यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनः मौन अवधि सुरु, दुबै समुहको जितको दावि

करिब दुई महिनाको चुनावी रस्साकस्सीकाबीच शनिबार मतदाताले नयाँ नेतृत्व चुन्दैछन् । चुनावमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा राजनैतिक दलहरू पनि दुई ध्रुबमा विभाजित छन् । 

नयाँ नेतृत्वलाई लिएर कोहलपुरका मतदाता समेत दुई ध्रुबमा विभाजित छन् । उनीहरुबीच बाहिरी हल्ला एउटा चलेपनि भित्रि अर्कै सल्लाह भएकोछ । यद्यपी चुनावी मत परिणामा प्यानलगत नतिजा नआउनेमा अधिकांश मतदाता ढुक्क छन् । 

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् लोकतान्त्रिक समूहलाई विजयी बनाउन ५ राजनीतिक दल सहित पूर्व पदाधिकारीद्वारा संयुक्त अपील

कतिपयले प्यानलगत मतदान गर्ने बताए पनि अधिकांशले नेतृत्व एउटालाई दिएर भएपनि पदाधिकारी र सदस्यहरु मिश्रित नतिजा आउने बताउँछन् ।

यसरी हेर्दै जाँदा कोहलपुरको उद्योग बाणिज्य संघको निर्वाचन लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराई र प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालबीच कडा प्रतिस्प्रर्धा भएपनि ठूलो मतान्तरमा हारजित नहुने कोहलपुरका मतदाताको आँकलन छ । यद्यपी यसपटकको निर्वाचन रोचक र प्रतिस्प्रर्धी भने पक्कै हुने देखिएकोछ । चुनावमा लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराईले गरेका छन् भने प्रगतिशील व्यवसायी समुहको नेतृत्व अञ्जना धितालले गरेकी छन् । 

यो पनि पढ्नुहोस् मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा छन् । 

यो पनि पढ्नुहोस् उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरूको उत्साहः योग्य उम्मेदवार चयनको प्रतिबद्धता

यस्तै सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी चुनावी मैदानमा छन् । भने एसोसियटतर्फ राजेन्द्र रिजालको उम्मेदवारी छ । लोकतान्त्रिक प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको छ ।

यस्तै प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालको नेतृत्वमा  बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टङ्क खनालको उम्मेदवारी रहेकोछ ।

Kohalpur_udhyog_banijya_chunav_2081-1727965528.jpg
त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाटको उम्मेदवारी रहँदा एसोसिएटतर्फ दिपेश खनाल चुनावी मैदानमा उत्रिएकाछन् । 

आज भन्दा २७ वर्षअघि २०५५ सालमा कर्णबहादुर थापा नेतृत्वमा कोहलपुर उद्योग व्यापार संघ गठन गरिएको थियो । 

यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त

कर्णबहादुर थापा, विष्णुप्रसाद खनाल, शेषकान्त शर्मा, गोपाल लम्साल, रामचन्द्र मरासैनी, कृष्ण नर्गर्की, सुवास बिष्ट, गणेश कोइराला, रामकृष्ण उप्रेती संस्थापक सदस्य रहेको संघ गठन गरिएको थियो । 
यसको पुर्व अध्यक्षहरुमा कर्णबहादुर थापा, राजेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, नरेन्द्रप्रसाद शर्मा, चक्र अधिकारी र हाल लक्ष्मणराज पौडेल अध्यक्ष रहेका छन् । नरेन्द्र प्रसाद शर्मा अध्यक्ष भएको समयमा कोहलपुर उद्योग व्यापार संघलाई महासङ्घमा अबद्ध गराएर कोहलपुर उद्योग वाणिज्य सङ्घ बनाइएको थियो ।

दुई दशकदेखि व्यवसायिक रुपमा सक्रिय रहेका लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट अध्यक्ष पदका दाबेदार प्रदीप भट्टराई व्यवसायी मात्र नभएर उनको परिचय सर्जक, शैक्षिक अभियन्ता र समाजसेवीको रुपमा सुपरिचित छ ।

होटल व्यवस्थापनमा स्नातक गरेका उनी कोहलपुरको उद्योग व्यवसायमा जोडिदैँ कोहलपुर एफएम र पीपलबोट दैनिकको सञ्चालनमा प्रत्यक्ष संलग्न हुँदै सञ्चार उद्यमीको रुपमा समेत परिचित छन् ।

होटल पप लाइफबाट व्यवसायिक यात्रा शुरुवात गरेका भट्टराईले हाल होटल पप लाइफ कोहलपुर, पप लाइफ डिजिटल (नेपालगञ्ज) लगाएत इलेक्ट्रोनिक्स र पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरु सञ्चालन गरिरहेका छन् । 

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित

हाल कोहलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका घभट्टराई एशियन विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार, लायन्स क्लबका सदस्य रहेका छन् । 

उद्योग वाणिज्य संघ कोहलपुरमा उनको संलग्नता २०७२ मा कार्यसमिति सदस्य, २०७५ मा उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षको रुपमा रहेकोले उनले एक शसक्त, अनुभवी, परिपक्व अध्यक्षको प्रत्याशीको रुपमा आपूmलाई प्रस्तुत गरेका छन् । 

यो पनि पढ्नुहोस् पहिलो पटक महिला नेतृत्वको संघ बनाउने अवसर छ : धिताल

सामाजिक सेवाका क्षेत्रमा संलग्न हुँदै आएका उनले कोभिड महामारीको समयमा कोभिड खाद्य बैंक स्थापना गरी कोहलपुर नगरक्षेत्रका सम्पूर्ण वडाहरुमा रहेका अति विपन्न परिवार तथा आम नागरीकहरुलाई राहत प्रदान गर्ने गतिविधीहरुमा संलग्न हुँदै साहित्यिक क्षेत्रमा पनि ‘शौचालयमा ईश्वर’ गजल संग्रह र ‘विरुद्वमा’ कविता संग्रह प्रकाशन गरेका छन् ।

विगतमा प्रजातान्त्रिक समुहले विजय हाँसिल गरेको, हाल समितिले भवन निर्माण लगायतका महत्वपूर्ण काम गरेको, कोरोना महामारीमा ब्याज छुटका लागी कोहलपुरबाट आन्दोलनका सुरुवात गरेको, घरभाडा छुटका लागी समन्वय लगायत व्यवसयीक हितका लागी महत्वपूर्ण कामहरू गरेकाले आफूहरूको जित सुनिश्चित रहेको लोकतान्त्रीक व्यवसायी समुहको दाबी छ ।

यो पनि पढ्नुहोस् नयाँ अनुहारको खोजीमा कोहलपुरका व्यवसायी

यस्तै प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धिताल कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा पहिलोपटक महिला अध्यक्ष पदमा उम्मेदवार बनेकी छन् । धिताल बाणिज्य महासंघ कोहलपुर नगरकमिटी उपाध्यक्ष हुदँै २०७४ देखि २०७७ सम्म कोहलपुर उद्योग वाणिज्य संघको सदस्य पदमा रही काम गरिसकेकीछन् ।

ईलेक्ट्रिकल सबओभरसियरसम्मको अध्ययन सकेपछि उनले विस २०५५ सालदेखि व्यवसाय शुरु गरेकी हुन् । २०५५ सालदेखि कोहलपुरमा ‘गुरु ट्रेडर्स एण्ड सप्लायर्स’ नामक हार्डवेयर पसल सञ्चालन गर्दै आएकी धितालले व्यवसायीका समस्याहरू नजिकबाट अनुभव गर्दै आएकी छन् ।

प्रगतिशील व्यवसायी समुहले अध्यक्ष पदमा पहिलोपटक महिला उम्मेदवार बनाएकोमा आफूहरुको जीत हुनेमा ढुक्क छन् । 

दुबै समुहले आ–आफ्ना दाबि पेस गरिरहँदा कोहलपुर क्षेत्रका मतदातालाई आफ्नो नेतृत्व छान्न भने सकस बनेकोछ । कोहलपुर क्षेत्रका उद्योगी, व्यापारी, व्यवसायीका समस्या सम्बोधन गर्ने र संघको गतिविधि चलयमान, क्रियाशिल बनाउन सक्ने सक्षम नेतृत्वलाई उनीहरुले पक्कै चुन्नेछन् । 

विभिन्न कारणले कोहलपुर उद्योग वाणिज्य संघमा मतदाता आधा घटेका छन् । यसअघि ३ हजार ४ सय मतदाता रहेकोमा हाल आधा घटेर एक हजार ७ सयको हाराहारीमा आएको निर्बाचन समितिले जनाएको छ ।