कोहलपुरमा विषादी सेवन गराई लुटपात गर्ने कालु र सञ्जु पक्राउ


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
कोहलपुरमा विषादी सेवन गराई लुटपात गर्ने कालु र सञ्जु पक्राउ

नेपालगन्ज २ कार्तिक : विषादी सेवन गराई सुन, नगद र जिन्सी लुटपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकोछ । 

बाँकेको कोहलपुरस्थित न्यू रारा कर्णाली होटल सञ्चालककी आमा र उनकी छोरीलाई फ्रुटी र मोहीमा विषादी मिसाई खुवाएर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

कोहलपुर नगरपालिका वडा नम्बर–११ स्थित उक्त होटलमा यही असोज १२ गते बेलुका बास बस्ने बहानामा आएका कालु परियार र सञ्जु कोइरालाले होटल सञ्चालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाई भरोसा जितेर असोज १५ गते राती अन्दाजी ११ बजे उनीहरुले लुटपाट गरि फरार भएका थिए । 

कालु र सञ्जुले पार्वती र उनकी दुई जना नातिनी विद्या र विनिशा आचार्यलाई विषादी मिसाएको फ्रुटी र मोही खुवाएर उनीहरुले लगाएको एक तोला सुनको रिङ, आधा तोलको तिलहरी, दुबै छोरीको कानमा रहेका ४ वटा गरि एक तोला सुनको रिङ, नाकमा लगाएको ९ आनको नथनिया गरि २ दशमलव ५ तोला ९ आना तौल भएका सुनका गहना, काउण्टरमा रहेको तीस हजार नगद तथा जिन्सी सामान चोरी गरि भागेका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

घटना पश्चात बाँके प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका– १३ अमलाचौर स्थिन सञ्जु कोइरालालाई उनकै घरबाट असोज ३० गते र तनहुँ जिल्ला देवघाट गाउँपालिका वडा नम्बर– ५ क्षेत्रीटोलबाट कार्तिक १ गते कालु परियारलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएकोछ । 

पक्राउ पर्दा कालु परियारबाट लोराजेपाम ट्यबलेट आइपी २ मएजी लेखिको (२ स्ट्रीप) जम्मा १७ ट्याबलेल बेहोस पार्ने औषधी प्रहरीले बरामद गरेकोछ । 

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बाँकेबाट ज्यान मार्ने उद्योग र चोरी कसुरमा कालुलाई सात दिन र सञ्जुलाई ६ दिनको म्याद थप गरि घटनाको अनुसन्धान अघि बढाएको बाँके प्रहरीले जनाएकोछ ।