कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : नयाँ नेतृत्व चुन्दै मतदाता, ७ सय बढि मत खस्यो

मतदान ४ बजेसम्म, नतिजा आजै सार्वजनिक गर्ने तयारी


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : नयाँ नेतृत्व चुन्दै मतदाता, ७ सय बढि मत खस्यो

नेपालगन्ज ३ कार्तिक : कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यतिबेला मतदान भइरहेकोछ । नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेदेखि मतदात शुरु भएको हो । विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म कोहलपुर उद्योग बाणिज्य संघको कार्यालयमा मतदान गरिनेछ । 

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि भट्टराई र धितालबीच रस्साकस्सी

निर्वाचन समितिका अनुसार आज बेलुका नै मतदान पश्चात मत गणना गरिने तयारी गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि एक हजार ६८६ जनाले मतदान गर्नेछन् । यो समाचार तयार पार्दासम्म दिउँसो एक बजेसम्म ७१५ जनाले मतदान गरिसकेका छन् । 

करिब दुई महिनाको चुनावी रस्साकस्सीकाबीच आज मतदाताले नयाँ नेतृत्व चुन्दैछन् । चुनावमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा राजनैतिक दलहरू पनि दुई ध्रुबमा विभाजित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनः मौन अवधि सुरु, दुबै समुहको जितको दावि

नयाँ नेतृत्वलाई लिएर कोहलपुरका मतदाता समेत दुई ध्रुबमा विभाजित छन् । उनीहरुबीच बाहिरी हल्ला एउटा चलेपनि भित्रि अर्कै सल्लाह भएको बताउँछन् । यद्यपी चुनावी मत परिणामा प्यानलगत नतिजा नआउनेमा अधिकांश मतदाता ढुक्क छन् । 

कतिपयले प्यानलगत मतदान गर्ने बताए पनि अधिकांशले नेतृत्व एउटालाई दिएर भएपनि पदाधिकारी र सदस्यहरु मिश्रित नतिजा आउने बताउँछन् ।

यो पनि पढ्नुहोस् मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई

यसरी हेर्दै जाँदा कोहलपुरको उद्योग बाणिज्य संघको निर्वाचन लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराई र प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालबीच कडा प्रतिस्प्रर्धा भएपनि ठूलो मतान्तरमा हारजित नहुने कोहलपुरका मतदाताको आँकलन छ । यद्यपी यसपटकको निर्वाचन रोचक र प्रतिस्प्रर्धी भने पक्कै हुने देखिएकोछ ।

लामो अनुभव संगालेका संघका निर्वतमान वरीष्ठ उपाध्यक्ष लोकतान्त्रिक व्यवसायी समुहबाट अध्यक्ष पदका उम्मेदावर प्रदीप भट्टराई र संघको निर्वाचनमा पहिलोपटक अध्यक्ष पदमा महिला उम्मेदवार बनेकी प्रगतिशील समुहकी अध्यक्ष पदकी उम्मेदवार अञ्जना धितालबीच चुनावी रस्साकस्सी चलिरहेकोछ । भट्टराई र धितालबीचको चुनावी रस्साकस्सीले गर्दा यसपटकको निर्वाचन रोचक र प्रतिस्पर्धी देखिएको छ ।

यो पनि पढ्नुहोस् पहिलो पटक महिला नेतृत्वको संघ बनाउने अवसर छ : धिताल

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा छन् । 

यस्तै सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी चुनावी मैदानमा छन् । भने एसोसियटतर्फ राजेन्द्र रिजालको उम्मेदवारी छ । लोकतान्त्रिक प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको छ । 

प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टङ्क खनालको उम्मेदवारी रहेकोछ । 

यो पनि पढ्नुहोस् लोकतान्त्रिक समूहलाई विजयी बनाउन ५ राजनीतिक दल सहित पूर्व पदाधिकारीद्वारा संयुक्त अपील

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाटको उम्मेदवारी रहँदा एसोसिएटतर्फ दिपेश खनाल चुनावी मैदानमा उत्रिएकाछन् ।