कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : १४९५ मत खस्यो, मतगणना गरिदैँ


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : १४९५ मत खस्यो, मतगणना गरिदैँ

नेपालगन्ज ३ कार्तिक : कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएकोछ । कुल एक हजार ६८६ मतदाता मध्ये एक हजार ४९५ मतदन भएको निर्वाचन समितिले जनाएकोछ । 

नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेदेखि शुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको हो । कोहलपुर उद्योग बाणिज्य संघको कार्यालयमा भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको हो । 

निर्वाचन समितिका अनुसार यतिबेला मतगणनाका लागि सम्पूर्ण तयारी पुरा गरिदैँछ । आज बेलुका ६ बजेदेखि मतगणना गरिने निर्वाचन समितिले जनाएकोछ । शनिबार मध्यरातीसम्म मतगणनाको अन्तिम नतिजा निकाल्ने गरि तयारी गरिएकोछ ।

यो पनि पढ्नुहोस्  कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : नयाँ नेतृत्व चुन्दै मतदाता, ७ सय बढि मत खस्यो

Kanti Aarogya Hospital Nepalgunj

करिब दुई महिनाको चुनावी रस्साकस्सीकाबीच आज भएको मतदानले संघले नयाँ नेतृत्व पाउँदैछ । चुनावमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा राजनैतिक दलहरू पनि दुई ध्रुबमा विभाजित भएका थिए ।

नयाँ नेतृत्वलाई लिएर कोहलपुरका मतदाता समेत दुई ध्रुबमा विभाजित छन् । उनीहरुबीच बाहिरी हल्ला एउटा चलेपनि भित्रि अर्कै सल्लाह भएको बताएका थिए । यद्यपी चुनावी मत परिणामा प्यानलगत नतिजा नआउनेमा अधिकांश मतदाता ढुक्क छन् । 

कतिपयले प्यानलगत मतदान गर्ने बताए पनि अधिकांशले नेतृत्व एउटालाई दिएर भएपनि पदाधिकारी र सदस्यहरु मिश्रित नतिजा आउने बताउँछन् ।

यसरी हेर्दै जाँदा कोहलपुरको उद्योग बाणिज्य संघको निर्वाचन लोकतान्त्रीक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराई र प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालबीच कडा प्रतिस्प्रर्धा भएपनि ठूलो मतान्तरमा हारजित नहुने कोहलपुरका मतदाताको आँकलन छ । यद्यपी यसपटकको निर्वाचन रोचक र प्रतिस्प्रर्धी भने पक्कै हुने देखिएकोछ ।

लामो अनुभव संगालेका संघका निर्वतमान वरीष्ठ उपाध्यक्ष लोकतान्त्रिक व्यवसायी समुहबाट अध्यक्ष पदका उम्मेदावर प्रदीप भट्टराई र संघको निर्वाचनमा पहिलोपटक अध्यक्ष पदमा महिला उम्मेदवार बनेकी प्रगतिशील समुहकी अध्यक्ष पदकी उम्मेदवार अञ्जना धितालबीच चुनावी रस्साकस्सी चलिरहेकोछ । भट्टराई र धितालबीचको चुनावी रस्साकस्सीले गर्दा यसपटकको निर्वाचन रोचक र प्रतिस्पर्धी देखिएको छ ।

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा छन् । 

यस्तै सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी चुनावी मैदानमा छन् । भने एसोसियटतर्फ राजेन्द्र रिजालको उम्मेदवारी छ । लोकतान्त्रिक प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको छ । 

प्रगतिशील समुहको नेतृत्व गर्दै अञ्जना धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टङ्क खनालको उम्मेदवारी रहेकोछ । 

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाटको उम्मेदवारी रहँदा एसोसिएटतर्फ दिपेश खनाल चुनावी मैदानमा उत्रिएकाछन् ।