प्रदीप भट्टराई कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्वाचित


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
प्रदीप भट्टराई कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्वाचित

नेपालगन्ज ४ कार्तिक : कोहलपुर उद्योग बाणिज्य संघको अध्यक्षमा प्रदीप भट्टराई निर्वाचित भएकाछन् । आईतबार बिहान सम्पन्न मतगणना अनुसार ७९५ मत ल्याउँदै उनी अध्यक्ष पदमा विजयी भएका हुन् । कुल खसेको एक हजार ४९५ मतमध्ये उनले ७९५ मत प्राप्त गरेका थिए । भट्टराईले आफ्नो निकटम प्रतिद्वन्द्वी अञ्जना धिताललाई १४९ मतले पराजित गरे । धितालले ६४६ मत प्राप्त गरिन् ।

अध्यक्ष पदमा विजयी भट्टराई लोकतान्त्रिक समावेशी व्यावसायिक समूह र पराजित धिताल प्रगतिशील व्यावसायिक प्यानलबाट चुनावी मैदानमा होमिएका थिए । आईतबार बिहान सम्पन्न मतगणनाअनुसार लोकतान्त्रिक समावेशी व्यावसायिक समूहले वर्चस्व कायम गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा समेत लोकतान्त्रिक समूहकै चण्डिप्रसाद गैरे विजयी भएका छन् । ७८४ मत ल्याउँदै गैरे विजयी हुँदा प्रगतिशील प्यानलका भुपेन्द्रप्रसाद काफ्लेले ६४३ मत ल्याएका थिए ।

उद्योग उपाध्यक्षमा भने १ मत बढी ल्याएर प्रगतिशील प्यानलका अर्जुन कुमार सुवेदी विजयी भएका छन् । सुवेदीले ७१६ मत ल्याएर भने पराजित भएका लोकतान्त्रिक समूहका हरिशरण केसीले ७१५ मत प्राप्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

बस्तुगत उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका राकेश बिष्ट भारी मतान्तरले विजयी भएका छन् । उनले ८४९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी रुपककुमार भुजेलले ५८० मतमात्रै ल्याए ।

लोकतान्त्रिक समूहकै दिपकबहादुर भण्डारी महासचिव पदमा भारी मतान्तरले विजयी भए । उनी ८३५ मत ल्याएर विजयी हुँदा प्रगतिशीलका दिपक अर्यालले ५६९ मतमा चित्त बुझाए । उपमहाचिव पदमा समेत लोकतान्त्रिक समूहका राजकुमार पौडेल विजयी भए । उनले प्रगतिशीलका गोपालप्रसाद अधिकारीलाई पराजित गरे ।

पौडेलले ७६५ मत र अधिकारीले ६४५ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा समेत लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । यो समूहबाट ७४८ मत प्राप्त गर्दै भूमिराज कँडेल विजयी भए । प्रगतिशिलकी गंगाकुमारी बगालेले ६६७ मत ल्याइन् ।

सहकोषाध्यक्षमा भने प्रगतिशील प्यानलका टंकप्रसाद खनाल विजयी भएका छन् । उनले लोकतान्त्रिकका देविलाल विश्वकर्मालाई पराजित गरे । खनालले ७७६ मत प्राप्त गर्दा विश्वकर्माले ६२८ मत प्राप्त गरे ।

महिला सदस्यमा ममता थापा र सीता योगी अधिकारी विजयी भएका छन् । खुला सदस्यहरूमा अंकित सिग्देल, ढकबहादुर थारू, अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरणप्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसियट सदस्यमा राजेन्द्रप्रसाद रिजाल विजयी भएका छन् ।

सदस्यमा विजयी भएका सिग्देल र थारू प्रगतिशील प्यानलका हुन् भने अरू सबैजना लोकतान्त्रिक समूहका रहेका छन् ।