बाँकेका जनताले एक वर्षमा १० लाख बढी कण्डम प्रयोग गरे


सेतोखरी सेतोखरी   ७ घण्टा अगाडि
बाँकेका जनताले एक वर्षमा १० लाख बढी कण्डम प्रयोग गरे

नेपालगन्ज ४ कार्तिक : बाँकेमा गएको वर्ष १० लाख ६ हजार ६२९ वटा कण्डम वितरण गरिएको स्वास्थ्य कार्यालयका बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहले बताए ।

चालु आर्थिक वर्षको साउनमा भने १७ हजार ३२५ वटा कण्डम वितरण गरिएको छ । भदौ र असोज महिनामा वितरण गरिएको कण्डमको संख्या भने रुजु गर्ने काम भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कतिपयले निजी मेडिकलहरुबाट पनि कण्डम किनेर प्रयोग गर्ने गरिएकाले त्यसको संख्या भने नजोडिएको उनले बताए । 

स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य चौकी र विभिन्न सामाजिक संघसंसस्था मार्फत निःशुल्क कण्डम वितरण गर्दै आएको छ ।