भेरी अस्पतालसहित सातै प्रदेशमा जलनको निःशुल्क उपचार गरिने


सेतोखरी सेतोखरी   ७ घण्टा अगाडि
भेरी अस्पतालसहित सातै प्रदेशमा जलनको निःशुल्क उपचार गरिने

नेपालगन्ज ४ कार्तिक : सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । 

कार्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्मा स्वीकृतिका निम्ति पेस गरेको थियो । 

अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन् ।