कार्तिक २९ गतेदेखि वाटरपार्कमा महोत्सव गरिदैँ


सेतोखरी सेतोखरी   ७ घण्टा अगाडि
कार्तिक २९ गतेदेखि वाटरपार्कमा महोत्सव गरिदैँ

महोत्सव आयोजना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दे महासंघ अध्यक्ष डम्मर बहादुर थापा । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज ४ कार्तिक : आगामी कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जमा प्रथम कृषि, पर्यटन प्रर्वद्धन, व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव एक्स्पो सञ्चालन गरिंदैछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित वाटरपार्क नजिक खुला जमिनमा कला, संस्कृति संरक्षण सहितको संस्थाको भवन निर्माणका लागि नेपाल आदिवासी जनजाति महासंघ बाँके शाखाले उक्त साँस्कृतिक महोत्सव एक्स्पो गर्न लागेको हो । 

आयोजक महासंघले यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ । उक्त साँस्कृतिक महोत्सव एक्स्पोमा जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

नेपालगन्ज न्यूरोड स्थित बौद्ध गुम्बामा आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारीका बारेमा जानकारी गराइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बीस दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिकत तथा व्यापारिकसहित २५० वटा स्टल राखिनेछ । भने कला, संस्कृति सम्बन्धि पौराणिक कला जातिय भेष्भुषाको प्रर्दशन, कृषि पर्यटन हस्तकलाका स्टलहरु, १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्टल, जातीय खाना प्रदर्शनी गरिने आयोजक महासंघले जनाएकोछ । 

आयोजक महासंघ बाँकेका अध्यक्ष एवम महोत्सव मुल समितिका संयोजक डम्बर बहादुर थापाले महोत्सव सञ्चालनमा साढे एघार लाख रकम खर्च हुने अनुमान गरेकाछन् । उनका अनुसार महोत्सव अवधिभर तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र सोक्रममा ५ करोड बराबरको कारोबार भई संस्थाका लागि भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । 

उनले आदिवासी जनजाति महासंघको पहिलो पटक बाँकेमा आयोजना हुने महोत्सव सफलताका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, सञ्चारकर्मी लगायतमा अपील गरे । उनले महोत्सवको सम्पूर्ण आयब्यय पारदर्शी र मितब्यीता अपनाईने बताउँदै महोत्सव सकिएको ४५ दिनमा सम्पूर्ण आयब्यय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

महोत्सव प्रवेश शुल्क प्रतिब्यक्ति एक सय रुपैयाँ, विद्यार्थी र अपाङता भएका व्यक्तिका लागि ७५ रुपैयाँ टिकट व्यवस्था गरिएकोछ । प्रत्येक टिकट विक्रीबाट असाह अपाङ सहयोगका लागि एक रुपैयाँ छुट्टयाइएको आयोजकले जनाएकोछ ।

महोत्सवको मुख्य प्रायोजकले सात लाख, उपमुख्य प्रयोजकले ५ लाख, प्रायोजकहरुले दुई लाख र सह–प्रायोजकले एक लाख रुपयाँ शुल्क तिर्नुपर्ने हुन्छ । हालसम्म मुख्य, उपमुख्य प्रायोजक फाइनल नभएको र धेरै जना सम्पर्कमा आएको आयोजकले जनाएकोछ ।

आयोजक संस्थाले महोत्सव सम्पन्न गर्न मुल आयोजक समिति डम्बर थापाको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरेकोछ । महोत्सवको सचिवालय संयोजकमा राजन बहादुर रानामगर,सल्लाहाकर समितिको संयोजक कष्ण पुन मगर, सुरक्षा समिति संयोजक भुपेन्द्र पुन मगर, आर्थिक समिति अजय पुन मगर ‘गोपाल’, अतिथि सत्कार संयोजक संगिता चौधरी, झाँगी ¥याली संयोजक गन बहादुर गुरुङ, साँस्कृतिक समिति संयोजक सुन्दर गुरुङ, स्वयमसेवक समिति संयोजक जनकपहराई मगर, प्राथमिक स्वास्थ्य उपचार संयोजक राजेन्द्र श्रेष्ठ र प्रचार–प्रसार संयोजकमा आदीवासी जनजाती पत्रकार महासंघ बाँकेका प्रतिनिधि अशोक थापा मगरलाई दिइएकोछ ।