कोहलपुरका मतदाताले रोजेका प्रदीप अग्नि परीक्षाको कसीमा

दुई दशक अनुभव बटुलेका प्रदीप सदस्य हुँदै अध्यक्ष बने


विजय मल्ल विजय मल्ल   ८ घण्टा अगाडि
कोहलपुरका मतदाताले रोजेका प्रदीप अग्नि परीक्षाको कसीमा

नेपालगन्ज ४ कार्तिक : लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदीप भट्टराई विजयी भएकाछन् । व्यवसायी मात्र नभएर उनको परिचय सर्जक, शैक्षिक अभियन्ता र समाजसेवीको रुपमा सुपरिचित छ ।

यो पनि पढ्नुहोस् प्रदीप भट्टराई कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्वाचित

करिब दुई दशक लामो उद्योगी, व्यवसायीको क्षेत्रमा कार्य अनुभव प्राप्त गरेका प्रदीप शसक्त, अनुभवी, परिपक्व अध्यक्षको प्रत्याशीको रुपमा अगाडी बढ्दा कोहलपुरका उद्योगी व्यवसायीले नेतृत्वमा रुचाए ।

होटल व्यवस्थापनमा स्नातक गरेका उनी कोहलपुरको उद्योग व्यवसायमा जोडिदैँ कोहलपुर एफएम र पीपलबोट दैनिकको सञ्चालनमा प्रत्यक्ष संलग्न हुँदै सञ्चार उद्यमीको रुपमा समेत परिचित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : १४९५ मत खस्यो, मतगणना गरिदैँ

होटल पप लाइफबाट व्यवसायिक यात्रा शुरुवात गरेका भट्टराईले हाल होटल पप लाइफ कोहलपुर, पप लाइफ डिजिटल (नेपालगञ्ज) लगाएत इलेक्ट्रोनिक्स र पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरु सञ्चालन गरिरहेका छन् । 

कोहलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रहेका उनले अब अध्यक्षको जिम्मेवारी पाएकाछन् । एशियन विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार, लायन्स क्लबका सदस्य समेत प्रदीप रहेका छन् ।

यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि भट्टराई र धितालबीच रस्साकस्सी

उद्योग वाणिज्य संघ कोहलपुरमा उनको संलग्नता २०७२ मा कार्यसमिति सदस्यबाट सुरुवात भएको हो । २०७५ मा उपाध्यक्ष हुँदै उनी बरिष्ठ उपाध्यक्षको रुपमा कार्यअनुभव संगालिसकेकाछन् । 

सामाजिक सेवाका क्षेत्रमा संलग्न हुँदै आएका उनले कोभिड महामारीको समयमा कोभिड खाद्य बैंक स्थापना गरी कोहलपुर नगरक्षेत्रका सम्पूर्ण वडाहरुमा रहेका अति विपन्न परिवार तथा आम नागरीकहरुलाई राहत प्रदान गर्ने गतिविधीहरुमा संलग्न हुँदै साहित्यिक क्षेत्रमा पनि ‘शौचालयमा ईश्वर’ गजल संग्रह र ‘विरुद्वमा’ कविता संग्रह प्रकाशन गरेका छन् । 

बहुआयामिक प्रतिभाका धनि समेत रहेका प्रदीपका हातमा अब समग्र कोहलपुर क्षेत्रको उद्योगी, व्यवसायीहरुको बागडोरको जिम्मेवारी पाएकाछन् । उनको कार्यकुशलता, क्षमता र क्रियाशिलताले कोहलपुर क्षेत्रको उद्योगी व्यवसायीहरुको आम समस्या र चुनौतीहरुलाई क्रमश निराकरण गर्ने अभिभारा थपिएकोछ ।

यो पनि पढ्नुहोस् मेरो कार्यकाल व्यवसायीमैत्री कार्यकाल हुनेछ : अध्यक्ष प्रदीप भट्टराई

विजय पछि संक्षिप्त कुरा गर्दै नवनिर्वाचित अध्यक्ष प्रदीप भट्टराईले कोहलपुरको आर्थिक क्षेत्रलाई चलायनमान बनाउन व्यवसायीहरुको सल्लाह र सुझाव अनुसार अगाडी बढने बताए ।

उनले चुनाबि प्रतिबद्धताहरु पुरा गर्न लागी पर्ने बताउँदै पराजित उम्मेदवारहरुलाई समेत साथमा लिएर अगाडी बढ्ने प्रण व्यक्त गरे । 

व्यवसायी हितका लागी पराजित उम्मेदवारहरुको साथ पनि उतिकै आवश्यक रहने उनको भनाई र बुझाई छ । यद्यपी उनी कति सफल हुनेछन् जिम्मेवारी निर्वाह गर्दा क्रमश देखिनेछ ।

यो पनि पढ्नुहोस् प्रदीप नेतृत्वको लोकतान्त्रिक समूहको उम्मेद्वारीले व्यवसायी हर्षित