एसपी कार्कीको कमाण्डमा घरबारीटोलमा छापा : अवैध लत्ताकपडा, जीपसहित दुई जना पक्राउ


सेतोखरी सेतोखरी   ७ घण्टा अगाडि
एसपी कार्कीको कमाण्डमा घरबारीटोलमा छापा : अवैध लत्ताकपडा, जीपसहित दुई जना पक्राउ

नेपालगन्ज ५ कार्तिक : जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको एक कपडा गोदाममा छापा मार्दै एउटा जीपसहित अवैधरुपले भण्डारण गरिएको ठूलो परिमाणको अवैध लत्ताकपडा, जीपसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहानै नेपालगन्ज–२ घरबारी टोलस्थित एक कपडा गोदाममा आफैं पुगेका जिल्ला प्रहरी बाँकेका एसपी तुलबहादुर कार्कीको कमाण्डको टोलीले अवैधरुपमा भण्डारण गरिराखेको अवस्थामा ३ लाख ८५ हजार २ सय रुपैयाँ बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले उक्त गोदामबाट कपडा ढुवानी गर्न राखिएको ७ लाख रुपैयाँको एउटा जीपसहित ढुवानीमा संलग्न रहेका दुई जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

बरामद गरिएको लत्ताकपडा र जीप गरि जम्मा १० लाख ८५ हजार २ सय रुपैयाँ बराबरको सामाग्री र दुई जनालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।