सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक

नेपालगन्ज ६ कार्तिक : नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार तोलाको १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्न सफल भएको छ । सोमबारको तुलनामा तोलामा ५ रूपैयाँले बढेर चाँदी प्रतितोला २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जुन अहिलेसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ ।