नेपालगन्ज ६ कार्तिक : लेडको बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह २०२४ अन्र्तगत भएको लेख प्रतियोगितामा नेपालगन्जका पत्रकार कृष्ण अधिकारी सहित पाँच जना पुरस्कृत भएकाछन् ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रिय संघ वातावरण कार्यक्रमको संयुक्त तत्वाधानमा गठित लेड युक्त पेन्ट उन्मुलनका लागि बिश्वब्यापी सञ्जाल (जिएइलपी) को आव्हानमा विश्वब्यापी रुपमा आयोजित लेड बिषबाट बचावटका लागि अन्तरास्ट्रिय सचेतना सप्ताह अन्र्तगत उक्त लेख प्रतियोगिता गरिएको थियो ।
१२ औं लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सप्ताह २०२४ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) काठमाण्डौले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण बिभाग र नेपाल हेल्थकेअर पत्रकार समाजको समन्वय र सहकार्यमा आयोजित कार्याशाला गोष्ठिमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
सो गोष्ठी मार्फत हालै गरेको साना तथा मझौला उद्यम पेन्टसहरुमा लेड सम्बन्धि अध्यन प्रतिबेदन सार्बजनिकीकरण र पत्रकारहरु माझ गरिएको लेख प्रतियोगिताको विजयीहरुलाई सम्मान पत्र तथा पुरस्कार साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दीपेन्द्र रमण सिंहले प्रदान गरेका थिए ।
लेडयुक्त पेन्टसहरुको उन्मुलन र उच्च जोखिममा रहेको बालबालिकाको स्वास्थ्य सम्बन्धि समस्याहरुको सामाधानार्थ आम जनतामा यसबारे ब्यापक जनचेतना जगाउनुको साथै सरकारी मापदण्डको परिपालनाको स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ सञ्चारकर्मीहरुविच यसबारेमा लेख प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिताका विजयी पाचँजना सञ्चारकर्मीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
सो पुरुस्कार विजयीमा काठमाडौँका अमत्र्य मिश्रा, जनकपुरका सुभाष कर्ण, काठमाडौँका रामकृष्ण भण्डारी, नेपालगन्जका कृष्ण अधिकारी र ललितपुरका मनोजकुमार साह रहेकाछन् । उनीहरुले पुरस्कारको राशी स्वरुप क्रमश १०,०००, ७,०००, ५,००० र दुई जनालाई सान्त्वना पुरस्कार स्वरूप ३,००० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा नेपाल सरकार स्वस्थ तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा. सिंह, वन तथा वातावारण विभागका माहानिर्देशक ज्ञानराज सुबेदी, काठमाडौँ मेडिकल कालेजका प्रोफेसर डाक्टर सुनिल कुमार जोशी, नेपाल हेल्थकेअर पत्रकार समाजका अध्यक्ष अतुल मिश्रा, लगायतको उपस्थिति रहेको थियो ।
कार्यशालामा स्थानीय सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, वातावरण, उपभोक्ता, गैरसरकारी संस्था, शिक्षक, प्राध्यापक, पेन्ट उद्योग, पेन्ट डिलर तथा खुद्रा बिक्रेता, पेन्टर, स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, पत्रकारहरू लगायत ३० भन्दा बढीको सहभागिता रहेको थियो ।
सेफेडकी प्रतिनिधि पुनम मण्डलले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै उद्घाटन शत्रको सुरुवात गरेकी थिइन् । कार्यक्रममा सेफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले कार्यक्रमको लक्ष्य र उद्देश्यमाथि प्रकाश पार्नुका साथै भर्खरै सार्बजनिक गरिएको साना तथा मझौला पेन्ट उद्योगका पेन्टहरुमा गरिएको अध्ययन प्रतिबेदनबारे प्रस्तुतिकरण गर्नुको साथै पेन्टमा सिसा र यससँग सम्बन्धित प्रभावहरूको बारेमा जानकारी दिदैँ नेपालमा मनाइने लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सप्ताह (आइएलपीपीडब्लू २०२४) का बारेमा प्रकास पारेका थिए ।
अध्ययनमा काठमाडौं, भक्तपुर, ललितपुर, बिराटनगर, चितवन, वीरगंज, हेटौडामा रहेका १८ वटा साना तथा मझौला उद्योग उद्योगहरूका १९ वटा ब्राण्डका २० वटा पेन्टका नमूनाहरु समावेश गरिएको थियो ।
रातो, गोल्डन पहेलो, फिरोजा, हरियो, कालो, खैरो, चाँकलेट रङका पेन्टहरु समावेश गरिएको थियो । जम्मा २० वटा पेन्टका नमूनाहरुमा ११ (५५%) सरकारी मापदण्डको परिपालना गरेका थिए । भने बाँकी ९ (४५%) नमूनाहरुले सरकारी मापदण्डको परिपालना गरेका थिएनन ।
९ मध्ये ७ (७७.७७%) मापदण्डको परिपालना नगरेको पेन्ट्स नमूनाहरूमा १०००० पीपीएम भन्दा बढी सीसाको खतरनाक उच्च स्तर पाइको थियो भने ९ मध्ये ३ (३३.३३%) मा १०००० पीपीएम भन्दा बढी र ९ मध्ये १ (११.११%) मा २०००० पीपीएम भन्दा बढी हुन्छ।
प्रत्येक नेपाली भान्सामा व्यापक रुपमा प्रयोग हुने बेसारजस्ता मसलामा, घर फर्निचर, स्कूल, खेलमैदान आदि रङगाउने पेन्ट्स तथा अन्य दैनिक उपभोग्य वस्तुहरू जस्तै कस्मेटिक्स, चाउचाउ, आयुर्वेदिक औषधि, कृत्रिम गहना, लेड एसिड ब्याट्री, इलेक्ट्रोनिक फोहरमा सिसाको स्रोत लाई कम गर्न र÷वा उनमुलन गर्नको लागी नियमित बजार तथा उद्योग अनुगमनमार्फत पेन्टमा लेडको मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै सरकारी प्रतिनिधि, अतिथि तथा सरोकारवालाहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कार्यकारी निर्देशक साहको माग रहेको थियो । ब्यावसायीहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि, व्यापक जनचेतना र उपभोक्ता सचेतना अभिवृद्धि गर्ने, राष्ट्रिय ब्लड लेड लेभल स्क्रिनिङ नीति अवलम्बन गर्ने, नेपालका प्रत्येक प्रदेशमा रहेका सबै नेपाली बालबालिकाहरुको रगतमा लेड परीक्षणका लागि प्रयोगशाला जस्ता आवश्यक पूर्वाधारको विकास गर्ने, त्यस्ता परीक्षण केन्द्रहरूको सहज सञ्चालनका लागि आवश्यक तालिम प्राप्त जनशक्ति र पर्याप्त वार्षिक बजेटको विनियोजन गर्ने आवस्यक्ता रहेको छ ।