सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटना, नवजात शिशुको मृत्यु


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटना, नवजात शिशुको मृत्यु

File Photo

नेपालगन्ज ७ कार्तिक : रोल्पामा गाडी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीका अनुसार लुंग्री गाउँपालिका–१ छिउधरका अमृत रोका, उनकी सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान दुर्घटना भएको थियो । 

श्रीमतीलाई दाङको अस्पताल लगेर सुत्केरी गराएपछि उनीहरू घर फर्कँदै थिए । त्यसक्रममा दुर्घटनामा परेपछि नवजात शिशु घाइते भएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

घाइते शिशुको उपचारको क्रममा बुधबार प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बिहान पौने ७ बजेतिर मृत्यु भएको हो ।