सुर्खेतमा गाडी दुर्घटना हुँदा दैलेखका दीपक शाहीको मृत्यु, ६ घाइते


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
सुर्खेतमा गाडी दुर्घटना हुँदा दैलेखका दीपक शाहीको मृत्यु, ६ घाइते

File Photo

नेपालगन्ज ८ कार्तिक : सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बिहीबार बिहान बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पु¥याइएको थियो । चिकित्सकले लगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

मृतक शाही हाल वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । गाडी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२९ जना यात्रु सवार रहेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको डिएसपी विश्वकर्माले जानकारी दिए ।