१८ वर्षीया किशोरी बलात्कार आरोपमा भण्डारी पक्राउ


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
१८ वर्षीया किशोरी बलात्कार आरोपमा भण्डारी पक्राउ

नेपालगन्ज ८ कार्तिक : १८ वर्षीया किशोरी बलात्कार अभियोगमा बर्दियामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बर्दिया बाँसगढी नगरपालिका–८, ककौरा झनैया टोलका २२ वर्षीय विक्रम भण्डारीलाई किशोरी बलात्कार अभियोगमा पक्राउ गरेको हो । 

Kanti Aarogya Hospital Nepalgunj

१८ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।

गत असोज २७ गते भण्डारीले बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । पक्राउ परेका भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएकोछ ।