८ र १४ वर्षीया बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
८ र १४ वर्षीया बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

नेपालगन्ज ८ कार्तिक : ८ र १४ वर्षीया बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।

बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको छ ।

घटना गत असोज २४ गते हो । बडादशैंको फूलपातीको दिन दाङको देउखुरी भालुवाङस्थित सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि उनीहरु जना पक्राउ परेका हुन् ।
स्थानीयले यो सूचना पाएदेखि पीडकमाथि कारबाहीको माग गर्दै लगातार आन्दोलन गर्दै आइरहेका छन् ।

उनीहरुले राजमार्ग नै अवरुद्ध गरेर पटक–पटक आन्दोलन गरेपछि स्थानीय प्रशासनले घटनामा आरोपित दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । 

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयले बताएको घटना विवरणअनुसार असोज २४ गते सप्तमीको दिन पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई भालुवाङस्थित सशस्त्र प्रहरीसमेतले बलात्कार गरेका थिए ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट त्यो देखिएपनि घटनाको अनुसन्धान भइरहेको छ । घटनामा सशस्त्र प्रहरी नै संलग्न भएको सूचना पाएपछि स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले घटनामा आरोपितहरुलाई पक्रेर अनुसन्धान अगाडि बढाइरहेकोले जनाए ।