गुलरियाबाट जुवातास खेलेको आरोपमा पाँचजना पक्राउ


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
गुलरियाबाट जुवातास खेलेको आरोपमा पाँचजना पक्राउ

नेपालगन्ज ९ कार्तिक : बर्दिया प्रहरीले जुवातास खेलेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय रामलखन थारु, ३४ वर्षिय उपेन्द्र थारु, ३७ वर्षिय निसार बेहना र गुलरिया वडा नम्बर–८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।

पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन भएका थिए । जुवाखालबाट तास र नगद फेला परेको प्रहरीले जनाएको छ भएपनि कति नगद फेला परेको भन्ने प्रहरीले खुलाएको छैन ।