*तरुण दलको स्थापना दिवसका अवसरमा खाद्यान्न वितरण


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
*तरुण दलको स्थापना दिवसका अवसरमा खाद्यान्न वितरण

नेपालगन्ज १० कार्तिक : नेपाल तरुण दल बाँकेले मानवसेवा आश्रमलाई खाधान्न वितरण गरेको छ । नेपाली काँग्रेसको भातृ संस्था तरुण दलको ७२ औं स्थापना दिवसका अवसरमा तरुण दलले शनिबार बिहान आश्रमलाई खाद्यान्न सामाग्री  वितरण गरेको हो ।

तरुण दल बाँके अध्यक्ष बीरेन्द्र बहादुर शाहका अनुसार खाद्यान्न सहयोग स्वरुप चामल, दाल, तेल, चिनी, सोयाविन लगायत करिब २५ हजार मूल्य बराबरको खाद्यान्न सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको छ ।

आश्रममा आयोजित एक कार्यक्रमकाबीच नेपाली काँग्रेस सय दिने अभियानमा बाँके खटिएका केन्द्रिय प्रतिनिधि कृष्णकिशोर घिमिरेले खाद्यान्न हस्तान्तरण कार्यक्रमको दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।

तरुण दल बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले तरुण दलले प्रदान गरेको खाद्यान्नले आश्रममा रहेका व्यक्तिहरुको केही छाकको गर्जो टरेको बताए । 

Kanti Aarogya Hospital Nepalgunj

यस्तै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले तरुण दलले सहारा बिहीन व्यक्तिहरुलाई आश्रय दिइरहेको आश्रमलाई सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले तरुण दलले गर्नु पर्ने कामहरु अझंै थुप्रै बाँकी रहेकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने उल्लेख गरे । 

कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपाल तरुण दलका केन्द्रिय सदस्य विश्व लम्साल, काँग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रिय सभापती रमेश गुप्ता, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी लगायत काँग्रेसका भातृ तथा शुभेच्छुक संघसंगठनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

तरुण दल बाँकेका सचिव बिनोद रिजालले सहजीकरण गरेको कार्यक्रममा आश्रमको अवस्था र उद्देश्यबारे आश्रमकी सह–संयोजक बिष्णु घर्तीले जानकारी प्रदान गरेकी थिइन् । यस्तै उक्त कार्यक्रममा आश्रमलाई तरुण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहले ११ र तरुण युवा समीर बिष्टले ७ हजार नगद प्रदान गरेका थिए ।

*यसअघि समाचारको हेडिङ्ग फरक पर्न गएकोमा सच्चाइएकोछ । -सम्पादक