दाङ जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, उपचारका लागि गम्भीर तीन आमा–छोरालाई नेपालगन्ज ल्याइयो


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
दाङ जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, उपचारका लागि गम्भीर तीन आमा–छोरालाई नेपालगन्ज ल्याइयो

File Photo

नेपालगन्ज १० कार्तिक : दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । भने ती आमा–छोरा गम्भीर घाइते भएकाछन् ।

शनिबार बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जादैँ  गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका–३ साततेलमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणी बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका– ६ का १९ वर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।

पाँच जना सवार रहेको जिप सडकबाट झण्डै तीनसय मिटर तल खसेको थियो । दुर्घटनामा तीन जना आमा–छोरा गम्भीर घाइते भएको बताइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

सल्यानको कपुरकोट गाउँपालिका– ६ की ३१ वर्षीया टीकादेवी ओली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते भएका छन् । गम्भीर घाईते भएका तीनजना आमा–छोरालाई थप उपचारका लागि बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा ल्याइएकोछ ।

दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपागन्ज रेफर गरिएको हो ।