संघ र महासंघको महोत्सव सफल पार्न आपसी सहकार्य गरिने


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
संघ र महासंघको महोत्सव सफल पार्न आपसी सहकार्य गरिने

नेपालगन्ज १० कार्तिक : बाँकेको नेपालगन्जमा आयोजना हुने दुईवटा छुट्टा छुट्टै महोत्सव सफल पार्न आपसी सहकार्य गरिने भएकोछ । 

नेपाल आदिवासी जनजाति महासंघ बाँके शाखाले आगामी कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म र नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी पुष ४ गतेदेखि १६ गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना गर्दैछन् । 

यो पनि पढ्नुहोस् आदीबासी जनजातीले लगाउने महोत्सवमा बाँकेका राजनीतिक दलको एक्यबद्धता

करिब १५ दिनको फरक–फरक मितिमा दुई वटा महोत्सव नेपालगन्जमा हुने भएपछि आयोजकलाई महोत्सव सफल पार्न दवाव छ । नेपालगन्जमा यो अवधि भनेको महोत्सव चल्ने समय हो । यही मौकालाई छोपेर महासंघले पहिलोपटक महोत्सव आयोजना गर्दैछ भने संघले लामो समयपछि महोत्व आयोजना गर्दैछ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा आयोजना हुने दुइवटै महोत्सवलाई सफल बनाउन महासंघ र संघबीच आपसी समझदारी भएको हो । 

नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव राजन रानामगरले शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बसेको बैठकमा दुवै पक्षबीच आपसी सहमति भई मिलेर काम गर्ने सहमति भएको बताए । 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, बाँकेले आयोजना सुरु गरेको नेपालगन्जमा ‘पहिलो कृषि, पर्यटन प्रवद्र्धन, व्यापार संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१’ लाई परिवर्तन गरी नेपालगन्ज प्रथम कृषि पर्यटन प्रबद्र्धन तथा सांस्कृतिक महोत्सव २०८१ राख्ने सहमति भएको छ । 

त्यसैगरी नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा कोहलपुर शहरमा आयोजना हुन लागेको महोत्सव ढिलो भएको खबर आएपछि दुवै पक्षले समयमै पहल गर्ने सहमति गरेका छन् । 

यो पनि पढ्नुहोस् कार्तिक २९ गतेदेखि वाटरपार्कमा महोत्सव गरिदैँ

त्यसैगरी, आदिवासी जनजातिले मेला आयोजना गर्ने गरी २० दिन बितिसकेकाले समय घटाउने सरोकारवालाले गरेको निर्णय स्वीकार्य रहेको आदिवासी जनजाति महासंघ बाँकेका सचिव रानामगरले बताए ।

यसपटक मेला अन्य मेलाभन्दा फरक हुनेछ । जनजाति भेषभुषा र परम्परागत संस्कृति झल्कने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले बताए ।

सम्पूर्ण समुदायले कला, संस्कृति, भेषभुषा र परिकारको रमाइलो गर्न सकुन् भन्ने उद्देश्यले महोत्सव आयोजना गर्ने सोँच फरक भएको महोत्सवको मूल समितिका संयोजक थापा मगरले बताए ।

महोत्सवमा जात, जाति, कला संस्कृति संरक्षण, कला संस्कृति संरक्षण लगायतका संस्थाका लागि भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिने र राष्ट्रिय ख्यातिप्राप्त कलाकारबाट मनोरञ्जन प्रदान गरिने उनले बताए । महोत्सवमा २५० स्टल रहनेछन् । महोत्सव अवधिभर आदिवासी जनजाति कला संस्कृतिसँग सम्बन्धित पौराणिक कला र जातीय भेषभूषा प्रदर्शनी, हस्तकलालगायत कृषि पर्यटन स्टल, लुम्बिनी क्षेत्रका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरू प्रदर्शनी र जातीय खाद्य प्रदर्शनी समेत हुने छ । आयोजना गरिएको सचिव रानामगढले जानकारी दिए ।