अपराध नियन्त्रणका लागि सीमा क्षेत्रका वडाअध्यक्षसँग सहकार्य गर्दै सशस्त्र प्रहरी


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
अपराध नियन्त्रणका लागि सीमा क्षेत्रका वडाअध्यक्षसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

नेपालगन्ज १० कार्तिक : अपराध नियन्त्रणका लागि बाँके–बर्दिया सीमाक्षेत्रका वडाअध्यक्षसँग सशस्त्र प्रहरीले छलफल गरेकोछ । बाँके र बर्दियाका सीमासँग जोडिएका स्थानीय निकायका वडा अध्यक्षहरुसँग स्थानीय सरोकारका बिषयमा छलफल भएको हो । 

अध्यक्षहरुसँग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरीले सहकार्यको अपेक्षा राखेको जनाएको छ ।

छलफलमा साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालसँग सीमाबासीले राखेको अपेक्षाका बिषयमा वडा अध्यक्षहरुले आफ्ना धारणा राखेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अवधारणा अनुरुप छलफल कार्यक्रम गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमासँग जोडिएका स्थानीय निकायका वडाका वडा अध्यक्षहरुसँग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्री अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपालसँग सीमाबासीले राखेको अपेक्षाका बिषयमा छलफल भएको थियो ।

बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सीमा निगरानी तथा सहजिकरण लगाएत सशस्त्र प्रहरी नेपाल र स्थानीय तहहरुबीच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफलमा सहभागीहरुले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, नम्बर– ३१ गण हेड क्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ती वडाका सम्पूर्ण वडा अध्यक्षहरु लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सम्पूर्ण प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी, प्रमुखहरुको उपस्थिती रहेको थियो ।