आयातित तिहार : एक अर्बको भाइमसला भित्रियो


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
आयातित तिहार : एक अर्बको भाइमसला भित्रियो

नेपालगन्ज १० कार्तिक : यस वर्ष तिहारका लागि एक अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा एक अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । 

जसमध्ये  एक करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ । 

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  

यस्तै १० करोड ६१  लाख ६१ हजार रुपैयाँको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ ।