महोत्सवमा होटल व्यवसाय संघ बाँकेले २० वटा स्टल राख्ने


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
महोत्सवमा होटल व्यवसाय संघ बाँकेले २० वटा स्टल राख्ने

नेपालगन्ज ११ कार्तिक : नेपालगन्जमा आगामी मंसिर ६ गतेदेखि आयोजना हुने ‘प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’लाई सफल पार्न होटल व्यवसाय संघ बाँके र नेपाल आदिवासी जनजाति महासंघबिच एक आपसमा सहमति भएको छ । 

मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा होटल व्यवसाय संघ बाँकेले २० वटा स्टलको जिम्मेवारी लिएको छ । 

आईतबार नेपालगन्ज बोैद्ध गुम्बामा बसेको दुवै पक्षविचको छलफलमा सहमति भएको महासंघ बाँकेका सचिव राजन रानामगरले जानकारी दिए । 

सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले महोत्सव अहिलेसम्म कै फरक खालका हुने महासंघ बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

महोत्सवमा २५० स्टल रहने छन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृति सम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिनुका साथै राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारको प्रस्तुती रहनेछ ।