नेपालगन्ज कनक्लेभमा आठ शत्रमा बहस हुने


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
नेपालगन्ज कनक्लेभमा आठ शत्रमा बहस हुने

नेपालगन्ज ११ कार्तिक : समृद्ध र दीगो भविष्यको बाटोमा नेपालगन्ज कनक्लेभको दोस्रो संस्करण आगामी मंसिर २० र २१ गते नेपालगन्जमा हुने तय भएको छ । 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा

धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदैआएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दैआएको छ ।

यसपटक आठ वटा शत्रमा छलफल गरिने तय भएको नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्वका समसामयिक विषयमा बहस हुनेछ’ निर्देशक नेपालले भने, ‘गतवर्ष निकै गहन र अर्थपूर्ण बहसहरु भए । सोही सफलताबाट उत्साहित भएर यसपटक सत्रहरु बढाएका छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगन्जको उर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ । बितेको वर्ष हामीले आँखै अगाडि जलवायु परिवर्तनका असरहरु देख्यौं । हिमतालहरु फुटे भने तराईमा पानीको सतह गहिरिँदै जानुका साथै गर्मी बढ्यो । नेपालगन्ज कनक्लेभको अर्को शत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको संकट र अनुकूलनको रणनीतिमा केन्द्रित हुनेछ ।

यो पनि पढ्नुहोस् दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त

यसैगरी, हाम्रो शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को शत्र सञ्चालन हुनेछ । शिक्षामा सुधारमा स्थानीय सरकारले गर्नसक्ने र गरेका अभ्यासमाथि यो सत्रमा छलफल गर्ने तय गरिएको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड

नेपालगन्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे गहन छलफल हुनेछ । सो शत्रमा नेपालले वर्षौदेखि भोग्दै आएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका बस्तुमा मूल्य अभिबृद्धिका उपायबारे छलफल हुनेछ । अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को शत्र सञ्चालन हुनेछ । त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ । पश्चिम नेपालमा बन्नसक्ने नयाँ पर्यटकीय सर्किटबारे बहस हुने अपेक्षा आयोजकले लिएको छ ।

यो पनि पढ्नुहोस्  सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता

‘नेपालगन्ज कनक्लेभ १० औँ धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । त्यसैले खेलकुद्लाई जोडेर अर्को महत्वपूर्ण शत्र छ– किन दौडिन्छ मानिस ? जहाँ म्याराथनको मात्र कुरा हुनेछैन, जीवन र जगत, करिअर र संघर्ष अनि, सिर्जना, सफलता र सन्तुष्टिबारे छलफल हुनेछ ।’ मुल आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले भने ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको एक दशकः राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई

उनका अनुसार साहित्यमा यसपटक नेपाली आख्यानबारे चर्चा गरिनेछ, जहाँ साहित्यको ऐनामा समाज कति अट्न सक्यो भन्ने बहस हुनेछ । नेपालगन्ज कनक्लेभमा यसपटक राजनीतिक शत्र पनि थपिएको छ । खासगरी पछिल्लो समय हुर्किंदै गएको निराशाको अन्र्तय खोतल्ने प्रयत्न हुनेछ । साथै, निराशालाई चिरेर नयाँ आशा र उत्साह जगाउन राजनीतिक नेतृत्वसँग के योजना छ, बहस हुनेछ । नेपालगन्ज कनक्लेभमा हुने छलफलले आमसरोकारका मुद्दामा सार्वजनिक बहसको प्रबद्र्धन हुने र प्रकारान्तरले त्यसको लाभ समुदायले प्राप्त गर्ने विश्वास निर्देशक नेपालको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

नेपालगन्ज कनक्लेभका दुवै दिनका शुभारम्भ विद्वत प्रवचनबाट हुनेछन् भने बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुनेछन् । कनक्लेभका शत्र शीर्षक र वक्ताहरु छिट्टै सार्वजनिक गरिनेछ । आगामी २२ मंसिरमा १०औँ धारा नेपालगन्ज म्याराथनको घोषणा भइसकेको छ । कनक्लेभ र म्याराथनका कारण मंसिर २०, २१ र २२ गते नेपालगन्ज उत्सवमय हुने विश्वास आयोजकले लिएको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

 

यो पनि पढ्नुहोस् एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने 

यो पनि पढ्नुहोस् ‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट