सामाजिक सञ्जालमा आएका भ्रमप्रति कोहलपुर क्षेत्रका पत्रकारहरुको गम्भीर ध्यानाकर्षण


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
सामाजिक सञ्जालमा आएका भ्रमप्रति कोहलपुर क्षेत्रका पत्रकारहरुको गम्भीर ध्यानाकर्षण

नेपालगन्ज १२ कार्तिक : केहिदिन यता कोहलपुर क्षेत्रमा सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै भएका टिकाटिप्पणी प्रति कोहलपुर क्षेत्रमा क्रियाशील पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सोमबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै उनीहरुले पत्रकार आचारसंहिताको न्यूनतम पालना समेत नगरी रिर्पोटिङका नाममा हुलहुज्जत गरी डर त्रास फैलाउने गरिएका उत्छृङ्खल गतिविधि पत्रकारिताभित्र नपर्ने बताएका छन् ।

पत्रकार आचारसंहिताभित्र मिडियाकर्मीले आमनागरिकलाई भयभित बनाउने कर्म होईन, तसर्थ कसैको मान हानि गर्ने र असम्बन्धित पक्षलाई जोडेर बदनाम गर्ने कार्य गर्नु हुँदैन भन्ने कुरामा हामी पूर्णरुपमा सचेत छौं बिज्ञप्तिमा उल्लेख छ । 

बिज्ञप्तीमा अगाडी भनिएको छ –‘पत्रकार वा सञ्चार माध्यमले सूचना वा जानकारी संकलन, संप्रेषण सभ्य र सिष्ट तवरले गर्नुपर्ने सत्य, तथ्य र सन्तुलित हुनुपर्ने महिला बालबालिकाको हकमा संवेदनशील हुनुपर्ने, पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख विषय भएकाले पत्रकारको पेशागत मर्यादामा आँच नपुग्ने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी सञ्चार कर्म गर्न सबैमा अपील गर्दछौं ।’ 

Kanti Aarogya Hospital Nepalgunj

सामाजिक सञ्जालमा आएका विषयलाई लिएर पत्रकारिता क्षेत्र र पत्रकारहरुप्रति नकारात्मक टिकाटिप्पणी नगरिदिनहुन समेत हार्दिक कोहलपुर क्षेत्रका क्रियाशील पत्रकारहरुले अपील गरेकाछन् ।

‘पछिल्ला केहीदिन यता साहारा टिभि एचडी नामक फेसबुक पेजमा आएका सामाग्रीका विषयमा समग्र पत्रकारिता क्षेत्रलाई समेत जोडेर गरिएका टिकाटिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साहारा टिभी एचडी केवल सामाजिक सञ्जालमात्रै भएकाले यसैमा प्रकाशित सामाग्रीलाई कोहलपुरको आमपत्रकार र पत्रकारितासँग जोडेर नबुझीदिनुहुन पनि सम्पूणलाई अनुरोध गर्दछौं’ बिज्ञप्तिमा भनिएको छ । 

‘साहारा टिभीमा प्रकाशित गतिविधि र सामाग्रीप्रति समग्र आमसञ्चार क्षेत्रले दायित्वबोध नगर्ने, सोहि अनुसारको कानून आकर्षित हुने र स्वयम जिम्मेवार तथा भागिदार हुनेमा निःसन्देह रहेको आग्रह गर्दछौं अन्तमाः कोहलपुरको व्यवसायिक पत्रकारिताका सवालमा हामी प्रतिवद्ध रहेको स्मरण गराउन चाहान्छौं’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।