महासंघको शुभकामना आदानप्रदान सम्पन्न


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
महासंघको शुभकामना आदानप्रदान सम्पन्न

नेपालगन्ज १२ कार्तिक : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत 

‘प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार शुभकामना आदानप्रदान गरेकाछन् । नेपालगन्ज बौद्ध गुम्बमा एक कार्यक्रम गरि उनीहरुले शुभ–दिपावली बिशेष शुभकामना आदन–प्रदान गरेका हुन् । 

यो पनि पढ्नुहोस् महोत्सवमा होटल व्यवसाय संघ बाँकेले २० वटा स्टल राख्ने

शुभकामना कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मेला भव्य र सभ्य रुपमा सफल बनाउ कुनै कसर नछुट्याउने र आआफ्ना स्टलहरुमा जातीय भेषभुषा सहित उपस्थिति भएर सहयोगी भुमिका खेल्ने बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् संघ र महासंघको महोत्सव सफल पार्न आपसी सहकार्य गरिने

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष डम्बर थापा मगरको अध्यक्षतामा भएको शुभकामना आदन– प्रदान कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, विशिष्ट अतिथि ब्यापारी सञ्जय थापा, तथा चेत बहादुर राना मगर, मिना पुन, मानसिङ पुन मगर, भुपेन्द्र पुन मगर, संगिता चोैंधरी, कृष्ण पुन मगर, दीपेन्द्र जोशी, जनक पहराई, सुन्दर गुरुङ, भगतराम चोैधरी, गगन सिङ लगायतका जातीय संगठन पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

यो पनि पढ्नुहोस् आदीबासी जनजातीले लगाउने महोत्सवमा बाँकेका राजनीतिक दलको एक्यबद्धता

आगामी मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुनेछ ।

यो पनि पढ्नुहोस् कार्तिक २९ गतेदेखि वाटरपार्कमा महोत्सव गरिदैँ

भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा २५० स्टल रहने छन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृति सम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने भएको छ ।