यमपञ्चक आजदेखि सुरु, ११ बजेपछि धनतेरस


सेतोखरी सेतोखरी   मंगलबार, कात्तिक १३, २०८१
यमपञ्चक आजदेखि सुरु, ११ बजेपछि धनतेरस

नेपालगन्ज १३ कार्तिक : तिहार, अर्थात् यमपञ्चक, आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व हिन्दूहरुको दोस्रो ठूलो चाड हो ।

यो पनि पढ्नुहोस्  यस वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

आज बिहान ११ः०१ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले यसवर्ष तिहारको पहिलो दिन धनतेरस आज मनाइँदैछ ।

धनतेरसमा धनवन्तरीको पूजा गरिन्छ, जसलाई आरोग्य र समृद्धिका देवता मानिन्छन् । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यमदीपदान भने भोलि सुरु हुनेछ । तिहारको यस दिन काग तिहार पनि पर्दछ, जहाँ कागलाई खाना चढाएर सम्मान गरिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसपटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन अर्थात् बिहीबार परेको छ । यसदिन बिहान कुकुरको पूजा गर्ने परम्परा छ भने बेलुकी लक्ष्मीपूजा गरी घरमा धन–सम्पत्ति भित्र्याउने विश्वास छ । यसैदिन नरक स्नानको पनि परम्परा रहेको छ, जसलाई शुद्धीकरण र मुक्ति प्रतीक मानिन्छ ।

तिहारको अन्तिम दिन भाइटीकासम्म यमदीपदान गरिन्छ, जसले परिवारमा दीर्घायु र सुख शान्ति ल्याउने मान्यता रहेको छ । शनिबार गाईपूजा, गोरु पूजा, गोवर्द्धन पूजा र आत्म म्ह पूजा गरिन्छ, जसमा नेपाल संवत् ११४५ को नयाँ वर्ष पनि सुरु हुन्छ ।

-धनतेरस (धनत्रयोदशी) – कार्तिक १३ गते, मंगलबार
-काग तिहार, यमदीपदान, धन्वन्तरी जयन्ती – कार्तिक १४ गते, बुधबार
-कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका, लक्ष्मी पूजा – कार्तिक १५ गते, बिहीबार
-औँसी – कार्तिक १६ गते, शुक्रबार
-गाईपूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलितिहार, म्हपूजा, नेपाल संवत् ११४५ प्रारम्भ – कार्तिक १७ गते, शनिबार
-यम द्वितीया, भाइटीका, किजापूजा (भाइटीकाको शुभ साइत बिहान ११ः३७ बजे पारयम मोहो) – कार्तिक १८ गते, आईतबार
-छठ पर्व – कार्तिक २२ गते, बिहीबार