तिहार सुरक्षा : बाँकेमा १० बजेपछि देउसीभैलो खेल्न रोक


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
तिहार सुरक्षा : बाँकेमा १० बजेपछि देउसीभैलो खेल्न रोक

File Photo

नेपालगन्ज १४ कार्तिक : बाँकेमा राती १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिएकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेले देउसीभैलो खेल्न अवधि रातको १० बजेसम्म तय गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा रातीको १० बजेसम्म देउसीभैलो खेल्न पाउने ब्यवस्था गरेको बताइएकोछ ।

बाँकेमा शान्ति सुरक्षा प्रदान गर्न प्रशासनले देउसी भैलो खेल्ने अवधि रातको १० बजेसम्मका लागि तय गरेको हो । सम्भावित अपराध तथा दुर्घटना रोक्न समयसीमा तोकिएको बाँके प्रहरी बताउँछ ।

‘रातभर देउसीभैलो खेल्दा सार्वजनिक शान्ति भंग हुने खतरा हुन्छ । गम्भीर प्रकृतिका घटना हुन सक्ने हुनाले शान्ति सुरक्षा कायम गर्न यस्तो रोक लगाइएको हो ।’ जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएकोछ ।

देउसीभैलो परम्परासँग जोडिएको विषय हो, परम्पराविरुद्ध गइ जबरजस्ती आफूखुशी दक्षिणा माग्ने, होहल्ला गर्ने, मदिरा सेवन गर्ने, उछृङ्खल गतिविधि गर्ने जो कोहीलाई ठाँउका ठाँउ समात्ने बाँके प्रहरीको तयारी छ । 

Kanti Aarogya Hospital Nepalgunj

‘दशैंअघि सार्वजनिक गरिएको सुरक्षा योजना मुताविक हाम्रो सुरक्षा योजना चलिरहेकोछ । २४ घण्टै अलर्टमा छौं । थप जनशक्ति स्टाण्डबाइ राखेकाछौं ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी आयुश जोशीले सेतोखरीलाई जानकारी दिए ।

एकआपसमा सद्भाव कायम गर्ने, धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव विथोल्ने गतिविधि नगर्न उनले अग्रह गरे । 

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत बाँके प्रहरीले सर्वसाधरणलाई अनुरोध गरेकोछ  । 

जिल्लाभर पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा पड्काउन रोक लगाइएको उनले जानकारी दिए । पटाका, आतिसबाजी गर्दा चोटपटक लागि घाइते हुने र आगलागी जस्ता घटना हुनसक्ने भएकाले यस्ता कार्य गर्नमा रोक लगाइएको उनले बताए ।

तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्री आफ्नो निगरानी बढाएकोछ ।

यस्तै तिहारको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने कार्यहरु बढी हुने गरेकोले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ । 
डिएसपी जोशीका अनुसार जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पडकाउने तथा जुवातास विरुद्ध विषेश अभियान सञ्चालन गरिएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको शान्ति सुरक्षाको हिसाबले निकै संवेदनीशल जिल्ला भएकाले सोही बमोजिम सुरक्षा प्रबन्ध मिलाइएको छ ।