नेपालगन्ज २० कार्तिक : बाँकेको बैजनाथ गाउँपालिकामा थारु लोक गित एवम पौराणीक नृत्य प्रतियोगिता गरिने भएकोछ ।
बैजनाथ गाउँपालिका वडा नम्बर– ५ बनकटवामा भोली कार्तिक २१ र २२ गते थारु लोक गित एंव पौराणीक नृत्य प्रतियोगिता आयोजना गरिदैँछ ।
‘थारु कला संस्कृतिको उत्थान, थारु भेषभुषा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा प्रतियोगिता गरिन लागेको हो ।
यस कार्यक्रमले थारु समुदायको संस्कृतिको संरक्षण, संवद्र्धन गर्दै करिव १८ लाख थारूहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजकको भनाई छ ।
लोपोन्मुख अवस्थाका थारू समुदायका कला, संस्कृति र परम्पराहरूको विकास तथा जर्गेनाका लागि यस्तो खालको कार्यक्रम आयोजना गरिन लागेको मञ्चका अध्यक्ष विनोद थारु ‘रामु’ले बताए ।
थारू समुदायको पहिचानको रूपमा रहेका ऐतिहासिक, धार्मीक र पुरातात्वीक धरोहर र यसको महत्वका बारेमा जानकारी हुने लक्ष्यका साथ यस्तो खालको कार्यक्रम हरेक वर्ष गर्न आवश्यक रहेको मंचका उपाध्यक्ष श्रीदेवी थारुले जानकारी दिईन ।
यस कार्यक्रमले लोपोन्मुख अवस्थामा रहेका कला, संस्कृति र परम्पराहरूको जगेर्ना हुने विश्वास गरिएको उपाध्यक्ष थारुले बताइन् ।
ग्रामीण बस्तीमा रहेका थारू सांस्कृतिक पौराणीक लोक गीत तथा नृत्य सम्बन्धी प्रतिभाहरूको खोज पहिचान गरी त्यस्ताखाले नाचलाई उचाईमा पु¥याउनका निम्ती हामी एक जुट हुन अपरिहार्य रहेको मञ्चका सचिव देवदास थारु बताउँछन् ।
थारू पौराणीक गीत संगीत तथा नृत्यहरूको प्रदर्शनीबाट आन्तरिक तथा बाह्य पर्यटनमा विस्तार भई उनीहरूको जीवनस्तर माथी उकास्न यस कार्यक्रमले मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । थारु खानाका विभिन्न परिकारहरुको स्वाद समेत लिन सकिने कार्यक्रममा २५ बढी टिमको थारु पौराणिक कला झल्किने नाच हेर्न पाइने छ भने कार्यक्रममा प्रवेशका लागि निःशुल्क व्यवस्था मिलाएको आयोजकले जानकारी गराएको छ ।