नेपालगन्जको बागेश्वरी मन्दिरमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न


सेतोखरी सेतोखरी   शुक्रबार, कात्तिक २३, २०८१
नेपालगन्जको बागेश्वरी मन्दिरमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

नेपालगन्ज २३ कार्तिक : उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान नेपालगन्जसहित देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजासामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।

यो पनि पढ्नुहोस् आज छठ पर्वको मुख्य दिन, सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पूण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेपालगन्जको मुख्य छठघाट बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा ब्रतालुहरुले आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रत सम्पन्न गरेका हुन् । छठको आज अन्तिम दिन ठूलो संख्यामा उपस्थित ब्रतालुले उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर आफ्नो व्रत सम्पन्न गरेका हुन्  । 

सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको उल्लास नेपालगन्जमा पनि बढ्दै गएको छ । हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगन्जमा छठ पर्वको उल्लास बढ्दै गएको हो ।

यो पनि पढ्नुहोस् आज छठको दोस्रो दिन ‘खरना’

छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । तलाउ क्षेत्रमा घाटको सरसफाई गरि विजुली बत्तीसहितको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन गरिएको थियो । भारतको कोलकाताबाट कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । रातभर जाग्राम बसेर भजनकीर्तन गरिएको थियो । 

चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठ समापन हुने गर्दछ । अहिले विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवतरुपमा छठ सकिएको छ ।

यो पनि पढ्नुहोस् सुरु भयो छठ पर्व : आज नहाय खाय

छठ पूजाका सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय तराई, पहाड हुँदै हिमाली जिल्लाहरुमा समेत मनाउन थालेका छन् ।