नेपालगन्ज २३ कार्तिक : प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आजबाट भागवत कथा वाचन शुरु भएको छ । वाचन शिरोमणी पंडीत दीनबन्धु पोखरेलको प्रमुख वाचनमा आजबाट श्रीमद्भागवत कथा वाचन प्रारम्भ भएको हो ।
यो पनि पढ्नुहोस् ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्जमा आध्यात्मिक महोत्सव शुरु
प्रवचनका क्रममा पडीतं पोखरेलले अन्य बेलामा हुने गरेको महायज्ञ भन्दा नेपालगन्जमा जारी यसपटकको महायज्ञको महत्व विशिष्ठ प्रकारको भएको बताए । उनले जिवनको अन्तिम गन्तब्यलाई सार्थक र सुखमय बनाउन महायज्ञ गरिएकाले यसपटकको महायज्ञको विशेष महत्व रहेको बताए । यज्ञमा गरिएको दान आफ्नै अन्तिम गन्तब्य बनाउन भएकाले दिल खोलेर दान गर्न उनले आग्रह गरे ।
बैकुण्ठधामको पहिलो कथावाचनको दिनमा दाताहरुबाट ७ लाख ३८ हजार ४१६ रुपैयाँ दान प्राप्त भएको मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । आजको यज्ञमा पद्मा केसीबाट २ लाख २ हजार १०१ रुपैयाँ, डा. कीर्तिपाल सुबेदीबाट एक लाख ११ हजार १११ रुपैयाँ, शाश्वत आचार्य स्मृति प्रतिस्थानबाट ५१ हजार प्रदान गरेका छन् भने डा प्रकाश बहादुर थापाबाट २ लाख २२ हजार २२२, टोपबहादुर थापाबाट १ लाख ११ हजार १११, निरु रेग्मीबाट १ लाख ११ हजार १११ तथा लललित रौनियारबाट २५ हजार दान गर्ने घोषणा भएको कोषाध्यक्ष श्रेष्ठले बताए ।
पंडीत पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरिएको थियो । सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चानेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।
यो पनि पढ्नुहोस् कार्तिक अन्तिम साता नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए । उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।
महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (बैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।