गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई


सेतोखरी सेतोखरी   शनिबार, कात्तिक २४, २०८१
गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

खजुरा २४ कार्तिक : पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जितेका छन् ।

यो पनि पढ्नुहोस्  नेपालगन्ज कनक्लेभमा आठ शत्रमा बहस हुने

शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा

Kanti Aarogya Hospital Nepalgunj

धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दश वर्षमा दश इभेन्ट’ अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो । दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने खेलाडीलाई नगद पाँच हजार, तीन हजार र दुई हजार, ट्रफीले पुरस्कृत गरियो । 

यो पनि पढ्नुहोस् नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्यबहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

यो पनि पढ्नुहोस् दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड

‘फिल द ग्रिन इन यु’ नारा सहित भएको ग्रीन रनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालको दौड प्रतियोगितालाई बार्षिक क्यालेण्डरमा समावेश गरि निरन्तरताको आधार तयार गर्ने प्रतिबद्धता जनाए ।

यो पनि पढ्नुहोस्  सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता

नेपालगन्ज म्याराथनको दस वर्षमा दश इभेन्ट अन्तर्गत असोज ३ गते नेपालमा पहिलोपटक रात्री दौड नेपालगन्ज १० के, राप्तीसोनारी रन आयोजना गरिसकेको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको एक दशकः राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो 

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता 

यो पनि पढ्नुहोस् एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा

यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने 

यो पनि पढ्नुहोस् ‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट