बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको तेस्रो दिन दाताले गरे ३० लाख दान 


सेतोखरी सेतोखरी   आइतबार, कात्तिक २५, २०८१
बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको तेस्रो दिन दाताले गरे ३० लाख दान 

नेपालगन्ज २५ कार्तिक : प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्ताहरुको उपस्थिती बढ्नुका साथै दान प्राप्त हुने क्रम पनि बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : दोस्रो दिन ३२ लाख बढी दान, भक्तहरुको बढ्यो घुँइचो

कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिले जनाएको छ । आईतबार (आज)को कथा वाचनमा नेपालगन्ज सहित आसपासका स्थानीय पालिकाबाट पनि संस्थागत सहभागिता रहेको थियो । 

वाचन शिरोमणी पंडीत दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको तेस्रो दिनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

आजपनि पंडीत पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन भएकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।

यो पनि पढ्नुहोस्  बैकुण्ठधाम आध्यात्मिक महोत्सवः पहिलो दिन ८ लाख आर्थिक संकलन

आर्थिक समितिले दिएको जानकारी अनुसार आजको कथा प्रवचनका बीच कोहलपुरकी खुमा अर्यालबाट १० लाख ११ हजार रुपैयाँ दान गर्नुका साथै नेपालगन्ज– १२ की सुशिला शर्माले ५ लाख ५ हजार वैकुण्ठधाम निर्माणका लागि प्रदान गरेकीछन् । त्यसैगरि रुपन्देहीको बुटवल स्थायी घर रहेका नेपालगन्जका प्रसिद्ध चिकित्सक डाक्टर रमेश कुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगन्ज–९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज–१० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट एक लाख १ हजार १११ रुपैयाँ, नेपालगन्ज–६ की निरु रेग्मीबाट एक लाख ११५ रुपैयाँ दान गरेको आर्थिक संयोजक श्रेष्ठले बताए ।

बैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगन्ज घर भएर हाल बेलायत बस्दै आएकी प्रान्जली बस्नेतबाट एक लाख १ हजार, नेपालगन्जका पुराना अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज घर भइ हाल बेलायत बस्दै आएकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगन्ज– १८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगन्जका खत थापाबाट २५ हजार १०० रुपैयाँ दान गरिएको आर्थिक संयोजक श्रेष्ठले बताए । आइतबार मात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० आम्दानी भएको उनले बताए ।

यो पनि पढ्नुहोस् ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्जमा आध्यात्मिक महोत्सव शुरु

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव शुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । 

महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले बैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्  कार्तिक अन्तिम साता नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए।
महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा–५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (बैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतीय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।