नेपालगन्ज २७ कार्तिक : ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
यो पनि पढ्नुहोस् दीपक मनाङे लुकेर बसेको अवस्थामा काठमाण्डौबाट पक्राउ परे
मंगलबार मनाङेलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रिय कारागार पठाएको हो ।
यो पनि पढ्नुहोस् दीपक मनाङे दोषी ठहर, ५ वर्ष कैदको फैसला
मनाङेको मुद्दामा कार्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।