नेपालगन्ज २७ कार्तिकः प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौ दिन पुग्दा भक्त दर्शक र श्रोताको उल्लेख्य उपस्थिती देखिएको छ ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको चौथो दिन ३० लाख बढी संकलन
स्थानीय चलनचल्तीको हिन्दी भाषामा भागवत कथा वाचनको प्रवचन सुन्न नेपालगन्जका स्थानीयबासीको आजको महायज्ञमा ठुलो संख्यामा सहभागीता रहेको थियो ।
आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै २०० बढीले ११ हजार बढीको दान गरे भने यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : घटाइयो शिलालेखको रकम
कथा वाचनको पाँचौे दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितले जानकारी दिएको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवण गर्न आजपनि महायज्ञमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो ।
वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको पाँचौ दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको तेस्रो दिन दाताले गरे ३० लाख दान
आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनकाबीच नेपालगन्जका प्रतिस्ठित पर्यटन व्यवसायी लोकेन्द्र अर्यालबाट यसअघि बोलेको दान रकममा थप गरेर दान रकम १० लाख ११ हजार ५५५ रुपैयाँ पु¥याए । आजै नेपालगन्ज–२ की पद्मादेवी रिजालबाट एक लाख ११ हजार १११ रुपैयाँ, पदमबहादुर घर्तीमगरबाट एक लाख १ हजार १११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पूर्व प्रहरी संगठनको तर्फबाट ६५ हजार २०५, नेपालगन्ज–२ की अनिता पौडेलबाट ५५ हजार ५५५, शिला श्रेष्ठबाट ५५ हजार ५५५, राँझा निवासी डिल्लीराज रेग्मीबाट ५१ हजार १२०, मारवाडी महिला मञ्चको तर्फबाट ३१ हजार, बागेश्री आमा समुहको तर्फबाट ३ हजार, बुद्धिसरादेवी चर्तीमगरबाट २५ हजार ५००, भारती जोशीबाट २५ हजार ५१५, डाक्टर खिमानन्द जोशीबाट २५ हजार ५११, विमला गौतमबाट २५ हजार रुपैयाँ तथा डाक्टर विश्वनाथ शर्माबाट २५ हजार ३३३ रुपैयाँ बैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : दोस्रो दिन ३२ लाख बढी दान, भक्तहरुको बढ्यो घुँइचो
आध्यात्मिक महोत्सवकाबीच मङ्गलबार भएको तुलादानबाट २६ हजार संकलन भएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार बैकुण्ठधाम सरकारी निकाय समन्वय समितिका संयोजक गेबिन्दप्रसाद पाण्डेकी आमा जुम्ला तातोपानी–४ की रक्षादेवी पाण्डे र नेपालगन्ज–९ बाँकेगाउँकी सासुआमा विद्यादेवी पंतको संयुक्त तुलादानबाट २६ हजार प्रदान भएको हो ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव शुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले बैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सवः पहिलो दिन ८ लाख आर्थिक संकलन
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।
यो पनि पढ्नुहोस् ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्जमा आध्यात्मिक महोत्सव शुरु
महोत्सवमा ईच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।
महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा गाउँपालिका– ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (बैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतीय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।
यो पनि पढ्नुहोस् कार्तिक अन्तिम साता नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव