जनसमुदायमा सचेतना बढेको भएपनि अझैं मानव बेचविखनको जोखिम उच्च


सेतोखरी सेतोखरी   मंगलबार, कात्तिक २७, २०८१
जनसमुदायमा सचेतना बढेको भएपनि अझैं मानव बेचविखनको जोखिम उच्च

नेपालगन्ज २७ कार्तिक : मानव बेचविखनसम्बन्धि जनसमुदायमा सचेतना बढेको भएपनि अझैं बेचविखनको जोखिम उच्च रहेको एक कार्यक्रममा सहभागीहरुले बताएकाछन् । मानव बेचविखनको जोखिम न्यूनिकरणका विषयमा नेपालगन्जका सञ्चारकर्मीसँग गरिएको छलफलमा उक्त कुरा बताइएको हो । 

मानव बेचबिखनको जोखिमले सबै उमेर समुह, हरेक वर्ग रहेको भन्दै सबैको साथ र एकताले मात्र मानव बेचविखनको जालो तोड्न सकिने उनीहरुको भनाई रहेकोछ । 

मिडिया र नागरिक समाजको सहकार्यले मानव बेचबिखन र पीडितहरूको संरक्षण गर्नुका साथै यसका जोखिमहरूको न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ आइएनएफले मङ्गलबार नेपालगन्जमा बढ्दो मानव बेचविखनको जोखिम र मिडियाको भूमिका विषयक उक्त छलफल गरेको हो । 

आइएनफले मानव बेचविखन विरुद्ध सुदृढीकरण परियोजना अन्र्तगत बाँकेको नेपालगन्ज, राप्तीसोनारी र जानकी गाउँपालिकामा काम गरिरहेकोछ । 

Kanti Aarogya Hospital Nepalgunj

सन् २००२ देखि बाँकेमा स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा विभिन्न परियोजना र कार्यक्रम माफर्त काम गर्दै आएको आइएनएफले सन् २०२२ देखि मानव बेचविखनका विरुद्ध सुदृढीकरण परियोजना सञ्चालनमा ल्याएकोछ ।

मानव बेचविखनको जोमि न्यूनिकरणमा योगदान पु¥याउनुका साथै जीविकोपार्जनका अवसरहरु सुदृढ गरिरहेको आइएनएफले सन् २०२२ र २०२३ मा ७ जनाको उद्दार गरेको परियोजनाका प्रोजेक्ट सुपरभाइजर हस्त विकले जानकारी दिए । उनले सोक्रममा आइएनएफले हालसम्म सम्पन्न गरेको गतिविधी र उपलब्धीका विषयमा सञ्चारकर्मीलाई जानकारी दिएका थिए । 

उक्त छलफलमा नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, पत्रकारहरु रुपा गहतराज, विमला चौधरी, विजय मल्ल र चन्द्रेश्वर त्रिपाठी लगायतले बेचविखनको समाचार सम्प्रेषणमा पत्रकार आचारसंहितलाई पालना गरिरहेको धारणा राख्दै उनीहरुले मानव बेचबिखन जस्तो गम्भीर विषयमा सम्बद्ध सरोकारवालाले पत्रकारसँग सहकार्य गर्न जोड दिए ।