दार्चुला जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो


सेतोखरी सेतोखरी   शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुला जीप दुर्घटना  : मृतकको संख्या ८ पुग्यो

File Photo

नेपालगन्ज ३० कार्तिक : दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मालिकार्जुन गाउँपालिकामा पर्ने मालिकार्जुन धाम मेलाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पु¥याइएका थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।

उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका– ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।

शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।