नेपालगन्ज १ मंसिर : विश्व म्याराथन मञ्चमा नेपालको दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ ।
नेपालगन्ज कनक्लेभमा आठ शत्रमा बहस हुने
विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियो । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयो ।
यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा
भियतनामको हनोइमा जारी २४ औं वर्ल्ड कंग्रेसका दौरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसौं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो ।
यो पनि पढ्नुहोस् नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी
‘दब मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने–‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदो रहेछ, त्यसमा हामी चुक्यौं ।’
नर्वेले आसन्न कंग्रेस आयोजनाको अवसर पाएपनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले अनुभुती सुनाए ।
यो पनि पढ्नुहोस् दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त
‘नेपाललाई विश्वमञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुशी लागेको छ ।’ ठकुरीले भने– ‘प्रयास गर्नेले नै जित्ने हो, हामीले एक कदम अगाडि बढेका छौं, सबैको मायाले यो उर्जा मिलेको हो, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’
यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड
संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो ।
यो पनि पढ्नुहोस् सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता
एम्समा आवद्ध हरेक देशका म्याराथन आयोजकहरु यतिबेला हनोइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पोखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण यही मंसिर २२ गते शनिबार हुँदैछ ।
यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनको एक दशकः राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई
यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो
यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता
यो पनि पढ्नुहोस् एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलोपटक विश्व म्याराथनको सूचिमा
यो पनि पढ्नुहोस् नेपालगन्ज म्याराथन विजेताले डेढ लाख पाउने
यो पनि पढ्नुहोस् ‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं’ : मेयर बिष्ट