स्कुले बिद्यार्थीको गलत प्रयोग गरेको भन्दै चौतर्फी बिरोध
कोहलपुर ३ मंसिर : बिद्यालयमा अध्यन गर्न आएका बिद्यार्थीलाई उस्काएर बिद्यालय लगायत व्यक्तिगत र सार्वजनिक सम्पती तोडफोडमा उत्रिएको भन्दै बागेश्वरी क्यापस कोहलपुरका स्वबियु सभापति देवेन्द्र बुढालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुर नगरपालिका लगायत सार्वजनिक सम्पती र निजी सम्पतीमा विद्यार्थीहरूलाई तोडफोड गर्न उक्साएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरले बुढा लगायत पाँच जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख धर्मबहादुर भण्डारीका अनुसार पक्राउ पर्नेमा बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा, धर्मेन्द्र बास्तोला निकट अखिल (क्रान्तिकारी ) ६ नम्बर प्रदेश संयोजक सर्जन पाण्डे सहित ५ जना रहेकाछन् ।
म्यासेन्जरमार्फत त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा अध्ययरत छात्रालाई एक शिक्षकले दुव्र्यवहार गरेको भन्दै स्ववियु सभापति बुढाको नेतृत्वमा विभिन्न खालका आन्दोलन हुँदै आएको थियो । बुढाले बिद्यालयमा आगो लगाउने सम्मको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
म्यासेन्जरमार्फत दुव्र्यवहार भएको भनिए छात्राका विषयमा हालसम्म कुनै उजुरी नपरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बुढाको नेतृत्वमा सोमबार त्रिभुवन बिद्यालयका केही विद्यार्थीहरू शिक्षकलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका थिए । उनीहरूले विद्यालय, कोहलपुर नगरपालिका, केही पसल र नीजि घरहरूमा समेत तोडफोड गरेका छन् । साना बालबालिकाहरूलाई समेत आन्दोलनमा प्रयोग गरिएको थियो ।
बुढा नेतृत्वको टोलिले त्रिभुवन माध्यामिक बिद्यालयको ८ वटा झ्याल ढोकाको सिसा फुटाएको छ भने बिद्यालयमा राखिएको गमला र केहि डेस्क बेन्च समेत तोडफोड गरेको बिद्यालयले जनाएको छ ।
बिद्यार्थीलाई अनैतिक म्यासेज गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै बिरोधमा उत्रिएको समुहले बिद्यालयमा तोडफोड पछी ईलका प्रहरी कार्यालय कोहलपुर घेराउ गर्न पुगेको थियो ।
सो क्रममा सडक छेउमा रहेका केहि पसलहरु तथा सडक छेउमा रहेका बिरुवा, जालि समेत तोडफोड गरेको प्रहरीको भनाई छ । नगर प्रहरी कोहलपुरका प्रमुख बिरबहादुर थापाले कोहलपुर नगर प्रहरीको कन्ट्रोल रुममा तोडफेड भएको जानकारी दिए ।
उनले कोहलपुर चौराहा देखी एनटिभि रोड सम्मका दर्जनौ बिरुवाहरुमा समेत क्षति पु¥याईएको जानकारी दिए । क्षतिको बिवरण संकलनपछी आन्दोलनको नेतृत्व गरेकाहरु उपर कारबाहीको प्रक्रिया शुरु गरिने थापाले जानकारी दिए ।
कोहलपुर नगरपालिका परिसरमा रहेको नगर प्रहरीको कन्ट्रोल रुममा तोडफोडमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरि रोकेको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपि घर्म बहादुर भण्डारी आफंै फिल्डमा खटेर भिड नियन्त्रण गरेका थिए ।
स्कुले बिद्यार्थीको गलत प्रयोग गरेको चौतर्फी बिरोध
पढ्नका लागी भन्दै बिद्यालयका पुगेका बिद्यार्थीलाई उस्काएर आफै पढ्ने बिद्यालय लगायत सार्वजनिक र निजि सम्पती तोडफोड गराएको घटनाको चर्को बिरोध भएको छ ।
सामाजिक सञ्जालमा गैर जिम्मेवार तवरबाट बिधार्थी संगठनका नाममा स्कुले बालकहरुलाई गलत प्रयोग गर्नु हुदै भन्दै गैर जिम्मेवार र कानूनी हिसाबले समेत दण्डनीय काम भएको बताएका कोहलपुरबासीले बताएकाछन् ।
अखिल क्रान्तिकारीका नेता राजेन्द्र बिष्टले कलिला उमेरका बिद्यार्थीलाई आफ्नै बिद्यालय तोडफोड गर्न लगाउनु र सडकमा उतार्नु गलत काम भएको बताए । उनले गलत गर्ने शिक्षकलाई अनुसन्धान गरि कानून अनुसार कारबाही हुनुपर्ने भन्दै दबाव दिने बहानामा बिद्यार्थी भड्काएर तोडफोडमा उतार्नु काम गलत भएको बताए ।
नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव भुम भण्डारीले स्कुले बालबालिकालाई सडकमा लगेर तोडफोडमा उर्तानु गलत संस्कार बसाल्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न दवाद दिने बहानामा गरिएको अपराधिक गतिविधि अमानबिय भएको बताएकाछन् ।