नेपालगन्ज ४ मंसिर : संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला)को निधन भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ गणेशपुर निवासी काँग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको हो ।
काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाका अनुसार उनको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने छ ।
सिद्दिकी दोस्रो संविधानसभा २०७० मा नेपाली काँग्रेसबाट सभासद् भएका थिए । इमान्दार र जुझारु स्वभावका सिद्दिकी पछिल्लो समय राजनीतिक भन्दा पनि सामाजिक र धार्मिक कार्यमा बढी सक्रिय थिए ।