त्रासमा शिक्षक, अन्यौलमा विद्यार्थी : मौन शिक्षक महासंघ
कोहलपुर ४ मङ्सिर : अध्ययन गर्न आएका बिद्यार्थीलाई उस्काएर विद्यालय लगायत व्यक्तिगत र सार्वजनिक सम्पत्ती तोडफोड गराएको घटनाले त्रिभुवन माविको पठनपाठन अनिश्चितकालिन बन्द भएकोछ ।
बागेश्वरी क्यापस कोहलपुरका स्वबियु सभापति देवेन्द्र बुढा नेतृत्वले सोमबार त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत साना कक्षाका बालबालिकालाई उस्काएर विद्यालय, कोहलपुर नगरपालिका लगायत सार्वजनिक सम्पती र निजी सम्पत्तीमा तोडफोड भएको थियो ।
यो पनि पढ्नुहोस् विद्यार्थी उक्साएर तोडफोड गर्न लगाउने स्ववियु सभापतिसहित पाँच जना पक्राउ
सो घटनापश्चात ईलाका प्रहरी कार्यालय कोहलपुरले तोडफोड गर्न लगाउने बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका स्ववियु सभापति देवेन्द्र बुढा, धर्मेन्द्र बास्तोला निकट अखिल (क्रान्तिकारी ) ६ नम्बर प्रदेश संयोजक सर्जन पाण्डे सहित ५ जनालाई पक्राउ गरेकोछ ।
उक्त घटना पश्चात मंगलवार बिहान त्रिभुवन मावि कोहलपुरको बिद्यालय व्यवस्थापन समितीको बैठक बसेर विद्यालयमा पठन–पाठनको वातारण नभएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागी बिद्यालयमा पठन–पाठन स्थगित गर्ने निर्णय गरेको हो ।
बिद्यालय व्यवस्थापन समिती सदस्य नरेश अर्यालले बिद्यालयमा भएको तोडफाड र शिक्षकहरुलाई अक्रमणको प्रयासपछि बिद्यालयमा पठन पाठनको वातारण नभएको बताए ।
उनले मंगलवार २ पटक बिद्यालय व्यवस्थापन समितीको बैठक अन्र्तगत पहिलो बैठकले पठन–पाठन स्थगन गर्ने निर्णय गरेको थियो । सो बैठकमा नेकपा एमालेबाट बिद्यालय व्यवस्थापन समितीमा प्रतिनिधत्व गर्ने एमाले नगर अध्यक्ष कुलबहादुर भट्टराई उपस्थित नभएपछि अर्को बैठक बसेर थप निर्णय गर्ने सहमती भएको थियो ।
दोस्रो बैठकमा बिद्यालय आक्रमण गर्न उस्काउने उपर कारबाहीका लागी सम्बन्धित निकायमा उजुरी गर्ने बारे छलफल भएपनि नेकपा एमालेका प्रतिनिधी सहमत नभएपछि सो बारे निर्णय हुन नसकेको समितीका सदस्य नरेश अर्यालले जानकारी दिए । बिद्यालय सञ्चालन बारे कोहलपुर नगरपालिकाको निर्णयका आधारमा मात्रै अगाडी बढने निर्णय भएको उनले बताए ।
आक्रमणको नेतृत्व गरेको संगठन उपर कानूनी कारबाहीको प्रक्रियामा जाँदा अगामी दिनमा थप व्यक्तिगत र संस्थागत आक्रमण हुन सक्ने डर बिद्यालय व्यवस्थापन समिती र शिक्षकहरुमा रहेको एक शिक्षकले बताए ।
सोहि बिषयलाई लिएर बसेको कोहलपुर नगरपालिका नगर कार्यपालिकाको बैठकले ठोस निर्णय गर्न सकेन । नगरपालिका परिसरमा रहेको नगर प्रहरी कन्ट्रोल रुम, त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा तोडफोड भएको बिषय हालसम्म कोहलपुर नगरपालिकाले औपचारीक रुपमा बिज्ञप्ती जारी गर्न सकेको छैन ।
यसले कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यको कोहलपुरलाई शैक्षिक हव बनाउने सार्वजनिक अभिव्यक्तिलाई गिज्याई रहेको छ । घटनामा संलग्नहरुलाई कानूनी कारवाही गनुपर्नेमा दलिय छायाँका कारण बिज्ञप्ती समेत जारी गर्न नसक्ने अवस्थामा कोहलपुर नगरपालिका पुगेको छ ।
कोहलपुर नगरपालिको बिधार्थीलाई गलत मनसायका साथ म्यासेज गरेको घटना बाहिरिएपछि समेत कुनै प्रतिक्रिया दिएको थिएन । भने सोही घटनालाई लिएर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालमाथि बिधार्थी प्रतिनिधीले दुव्र्यवहार गरेको घटनामा समेत मौन बसेको छ ।
कोहलपुर नगरपालिका नगर कार्यपालिका कार्यालयले सोही घटनाबारे जाँच बुझ गर्न गठन गरेको समितीका संयोजक कोहलपुर नगरपालिका वडा नम्बर– १२ का वडाअध्यक्ष बिरेन्द्र बहादुर शाहले बिद्यालय सञ्चालन बाहेक अन्य निर्णय गर्न नसकेको जानकारी दिए ।
कार्यपालिकाले काँग्रेस एमाले र माओवादी निर्वाचित वडा अध्यक्ष सम्मलित एक समिती गठन गरेको थियो । सो समितीले बिद्यार्थीहरुलाई उस्काउनेहरुलाई कारबाहीको प्रक्रिया शुरु गर्ने बारे निर्णय गर्न सकेन ।
त्रासमा शिक्षक, अन्यौलमा विद्यार्थी : मौन शिक्षक महासंघ
त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा भएको तोडफोडको घटना बारे हालसम्म शिक्षा सम्बद्ध कसैले सार्वजनिक रुपमा आफ्नो धारण सार्वजनिक गरेका छैनन । बिद्यालय र शिक्षकहरुमाथि समेत आक्रमणको प्रयास भई बिद्यालयको पठन–पाठन स्थगित गर्नुपर्ने अवस्थामा पनि कसैको चासोको बिषय नबन्नु सोचनीय गम्भीर बिषय बनेको छ ।
एकातिर विद्यालय व्यवस्थापन समितिले गरेको अनिश्चितकालिन पठनपाठन बन्दले विद्यालयमा अध्ययनरत हजारौं विद्यार्थीको शैक्षिक अधिकारमाथी अंकुश लगाउने काम भएकोछ ।
शिक्षक हकहितका लागी गठन भएको नेपाल शिक्षक महासंघले समेत सो बारेमा कुनै धारणा सार्वजनि गरेको छैन भने बिभिन्न दल सम्बद्ध शिक्षक संगठनहरु पनि चुइक्क नबोल्नु गम्भीर बिषय भएको एक शिक्षकले बताए ।
दलिय छायाँका कारण त्रिभुवन माबिमा भएको घटना कारण उक्त घटनाले गलत रुप लिएको एक शिक्षकले बताए ।
शिक्षक राम बहादुर चौधरीको म्यासेज बाहिरीयसंगै सो घटना बारे अनुसन्धान हुन नदिन सिंगो नेपाली काँग्रेस र कोहलपुर नगरपालिका लागेको नेकपा एमाले सम्बद्धहरुको आरोप छ । सोही कारणले पछिल्लो परिस्थिती सृजना भएकाले बिद्यार्थी नेताहरुलाई कारबाहीको दायरामा ल्याउन नहुनेमा नेकपा एमाले कम्बर कसेर लागेको छ । सोही कारण त्रिभुवन बिद्यालय भुमरीमा परेको एक शिक्षकले बताए ।
बिद्यालय शिक्षक र बिद्यार्थी भन्दा दलिय दाउपेचका कारण बिद्यालयको समग्र छबि धुमिल भएको र पठन वातावरण बिग्रदै गएको ति शिक्षकले बताए ।
जिल्लामा सबै भन्दा धेरै अर्थात झण्डै ५ हजार बिद्यार्थी अध्यनरत त्रिभुवन नमुना माध्यामिक बिद्यालयलाई राजनैतिक ‘क्रिडा’ स्थल बनाउन कोहलपुरलाई शैक्षिक हव बनाउने कोहलपुर नगरपालिकाका मेयरको सोँच सोँचमा मात्रै सिमित रहने ति शिक्षकको भनाई छ ।